कर्णालीमा तीन वर्षमा ४० हजार किशोरी आमा
गोरखापत्र अनलाइन ,
आश्विन २९, २०७६ बुधबार
कर्णाली प्रदेशमा ५२ प्रतिशत वालबिवाह हुने गरेको तथ्याड्डले देखाएको छ । प्रदेशमा ५२ प्रतिशत वालबालिकाले २० वर्षमुनि बिवाह गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०५८ का अनुसार सबैभन्दा बढी १५ देखि १९ वर्ष उमेर समूहका वालबालिकाले कम उमेरमा बिवाह गर्ने गरेका छन् । सबैभन्दा बढी रुकुमपश्चिममा ७१.५ प्रतिशत र सबैभन्दा कम डोल्पामा ४९.९५ प्रतिशत रहेको छ ।