‘आप्रवासन क्षेत्र सुधारमा सहकार्य गर्न मन्त्री विष्टको आह्वान’
गोरखापत्र अनलाइन ,
आश्विन ३०, २०७६ बिहीबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गर्नुभएको छ ।
संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उहाँले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताउनुभयो ।