जनगुनासो बढ्यो, फिर्ता लिन व्यबसायीको माग, भीडभाड घट्यो : प्रशासन
विष्णु पाण्डेय
माघ १३, २०७८ बिहीबार
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ । जोर–विजोर प्रणाली लागू भएसँगै उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनमा भिडभाड बढेको छ । भीडभाड बढेको भन्दै गुनासो समेत आउने गरेको छ । जोर– विजोर प्रणाली हुँदा कोरोना सङ्क्रमण नियन्त्रण नहुने भन्दै आलोचना समेत हुने गरेको छ । तर प्रमुख जिल्ला अधिकारीहरु भने यो भीडभाड कम गर्नैका लागि जाेर बिजाेर लागू गरिएको...