प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन
रासस
कार्तिक २१, २०७८ आईतवार
दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।