चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा
रासस
फाल्गुन १९, २०७८ बिहीबार
राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले सहायक कानुन बनाउने र लागू गर्ने सन्दर्भमा समितिका सुझाव, अडान र निर्देशन महत्वपूर्ण कदम भएको बताउनुभयो ।