दुईवर्ष अघि निजी क्षेत्रलाई दिने निर्णय भयो तर अझै कार्यान्वयन भएन
विष्णु पाण्डेय
फाल्गुन २०, २०७८ शुक्रबार
काठमाडौं महानगर नेपालको सबैभन्दा पुरानो महानगरपालिका हो । संघीय राजधानी समेत रहेकाले यो सधैँ केन्द्र विन्दुमा रहेको छ । यहाँका हरेक विकास र व्यवस्थापन अरुका लागि पनि उदाहरणीय बन्नुपर्ने हो । तर,बिडम्बना काठमाडौं महानगरको व्यवस्थापकीय क्षमता अन्य महानगरको भन्दा पनि कमजोर र दयनीय रहेको छ । काठमाडौं महानगरभित्र खानेपानी,ढल, फोहोर व्यवस्थापन ,पार्किङ्,फूटपाथ,सडक लगायतको अवस्था अत्यन्तै नाजुक रहेको छ ।