त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडाइ, बाहिरी घेरा मर्मत शुरु
छेटु शेर्पा
फाल्गुन १७, २०७८ मंगलवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुधार गर्ने काम शुरु भएको छ । विमानस्थल व्यवस्थापनले बाहिरी घेरा कम्जोर हुँदा सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै फिल्डमै मर्मतका काम अघि बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।