logo
२०८१ जेष्ठ ७ सोमवार



चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ

खुला |


चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं भदौ १३ गते । सुडानमा शान्ति स्थापनाका लागि जाने प्रहरीका लागि सामान खरिद प्रकरणमा भ्रष्टाचारको दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले निज कै निबास ललितपुरबाट विहीबार साँझ पक्राउ गरेको हो ।

सीबीआईका डीआइजी निरजबहादुर साहीले भारती पक्राउ परेको पुष्टि गर्नुभयो । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?