logo
२०८१ जेष्ठ ५ शनिवार



तिलक चाम्लिङ पुरस्कृत 

खुला |


तिलक चाम्लिङ पुरस्कृत 


 

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १३ गते । लेखक डा. भक्त राई र चाम्लिङ भाषाको पत्रिका ‘सितिमी’ का सम्पादक तिलक चाम्लिङलाई संयुक्त रुपमा दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार प्रदान गरिएको छ ।
चाम्लिङ भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप डा.राईलाई सो पुरस्कार प्रदान गरिएको हो ।
डा. राईले संस्कृतिका क्षेत्रमा र चाम्लिङले मातृभाषा साहित्यको जगेर्नामा उल्लेखनीय योगदान दिएवापत पुरस्कृत गरिएको हो । गीतकारद्वय दिदीभाइ सरिता चाम्लिङ ‘नाना’ र टीका चाम्लिङले आमा स्व. दिलकुमारी चाम्लिङ राईको स्मृतिमा ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ स्थापना गर्नुभएको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले राईद्वयलाई जनही पच्चीस हजार रुपियाँ पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमा गीतकार टीका चाम्लिङले पुरस्कार स्थापनाको औचित्यबारे चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?