logo
२०८१ जेष्ठ ५ शनिवार



जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

खुला |


जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते


शिवराज ढुंगाना
अछाम, भदौ १४ गते । जिल्लाको साँफेबगरबाट कुष्कोट जाँदै गरेको जीप मेल्लेख गाउँपालिकाको नन्देगडामा शुक्रबार बेलुकी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा सवार रहेका पाँचजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका– ७ नन्देगडा निवासी कौसी साउँद र सोही वडा निवासी किथ्थी साउँद रहेका छन् । घाइते हुनेमा मेल्लेख गाउँपालिका–४ कुष्कोटका जीप चालक नृप साउँद, सुमन साउँद, नन्देगडा निवासी मनिषा उपाध्याय, वडा नम्बर ५ विन्देवासिनी बस्ने जीप सहचालक जनक साउँद र अर्जुन विक रहेका छन् । घाइतेको जिल्लामा रहेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
कुष्कोटतिर जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप कच्ची सडकको घुम्तीमा मोड्ने क्रममा दुईसय मिटर तल खसेर दुर्घटना भएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?