logo
२०८१ जेष्ठ ८ मंगलवार



जंगली बँदेलको आक्रमणबाट सिन्धुलीमा एकजनाको मृत्यु

खुला |


जंगली बँदेलको आक्रमणबाट सिन्धुलीमा एकजनाको मृत्यु


काठमाडौँ, भदौ १६ गते । जंगली बँदेलको आक्रमणबाट सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा एकजनाको मृत्यु भएको छ । साविकको शान्तेश्वरी गाउँ विकास समिति वडा नम्बर ३ घिसिङ टोल (बगरटोल) का ३५ वर्षीय कृष्णबहादुर घिसिङको जंगली बँदेल आक्रमणमा मृत्यु भएको हो ।

घ्याङ्लेख गाउँपालिका–५ का वडा अध्यक्ष विष्णु कर्माचार्यका अनुसार, शनिबार साँझ छ बजे भएको सो घटनामा परी मृत्यु भएका घिसिङको पोष्टमार्टमका लागि आइतबार सिन्धुली पठाइएको छ । अध्यक्ष कर्माचार्यले घटनाबारे जानकारी दिँदै भन्नुभयो, “गाउँलेले लखेटेर भाग्दै आएको बँदेलको आक्रमणमा घिसिङ परेछन् ।

घटनास्थलमा नै उनको मृत्यु भएको थियो ।” उहाँले भन्नुभयो, “दर्दनाक अवस्था थियो, दाहिने हात, छाती र करङ क्षतविक्षत भएको थियो ।” वडा अध्यक्ष कर्माचार्यका अनुसार, मृतक घिसिङको परिवारमा आमा, श्रीमती र चार छोराछोरी छन् ।

आर्थिक अवस्था कमजोर भएका घिसिङको परिवारलाई गाउँपालिकाले समेत उचित क्षतिपूर्ति दिने वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष दुर्गा सुनुवारले घटनामा घ्याङ्लेख ५ का कृष्णबहादुर घिसिङको मृत्युभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?