logo
२०८१ बैशाख ७ शुक्रवार



यसरी पक्राउ परे एटिएमबाट चोरी गर्ने चिनियाँ नागरिक

राष्ट्र बैंक भन्छ : सर्वसाधारणको रकम सुरक्षित छ 

खुला |


यसरी पक्राउ परे एटिएमबाट चोरी गर्ने चिनियाँ नागरिक


देबबहादुर कुँबर- 
काठमाडौँ, भदौ १५ गते । दरवारमार्गस्थित नविल बैंकको एटिएमबुथबाट शनिवार साँझ एउटै ब्यक्तिले फरक–फरक भिषाकार्ड प्रयोग गरी नगद झिक्दै गरेको दृश्य देखेर बैंकको आइटी शाखामा कार्यरत कर्मचारी आश्चार्यमा परे ।

ती अपरिचित ब्यक्तिको शंकास्पद गतिविधि नियन्त्रण गर्न सिसिक्यामेराबाट निगरानी गरी बैंकका कर्मचारी प्रहरी सहित एटिमबुथ पुग्यो । उनीहरू त्यहाँ पुग्दा एक चिनियाँ नागरिक २० वटा भिषाकार्ड प्रयोग गरी भकाभक नगद झिक्दै झोलामा राख्दै गरिरहेको अवस्थामा भेटिएका हुन ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरले घटना विवरण सुनाउँदै भन्नुभयो– त्यहाँ भेटिएका ल्यू जिलेइलाई नियन्त्रणमा लिइ शरीर तथा झोला खानतलासी गर्दा २० थान भिषाकार्ड र २६ लाख नगद बरामद भएको हो ।

अभियुक्त ल्यूले दिएको बयानका आधारमा हात्तीसारस्थित माया मनोहर वुटिकको कोठा नम्वर २०१, ६०२ र ६०४ मा छापामार्दा थप चार जना पक्राउ परेका हुन । उनीहरूको पक्राउपछि नेप्स (नेपाल इलोक्ट्रनिक पेम्याण्ट सिस्टम ) कम्पनीको इन्टरनेट सरोवरमा आवद्ध बैंकहरूको एटिएम सेवा बन्द गरिएको हो ।

सो होटलमा आठजना चिनियाँ नागरिक शुक्रबाट बसेका थिए । शनिवार विहानदेखि साँझसम्म दुई करोड निकाल्ने आइतवार विहानै भाग्ने योजनाअनुसार उनीहरू तीन दिनका लागि नेपाल आएको जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम सुवेदीका अनुसार आठजना मध्ये लिन जेनमिङ, झु लियाङग्याङ, क्यूयोङकिङ्ग र चेन बीन बीन लिफटबाट झर्दै गरेको अवस्थामा पक्राउ परेका हुन भने अन्य तीनजना अझै फरार छन् ।

उनीहरूको साथबाट एकसय ३२ नक्कली (खाली) भिषाकार्ड, १७ वटा भिषाकार्ड, एक करोड २६ लाख २९ हजार नगद, १० हजार अमेरिकी डलर, कार्ड प्रिन्टर मेसिन, ल्यापटप, डाटाकार्ड, एक हजार एकसय १९ युआन बरामद गरेको छ ।

चिनियाँ ह्याकरले नेप्समा आवद्ध विभिन्न बैंकहरूको एटिम बुथबाट करीव दुई करोड झिकेको आशंकापछि बैंक तथा प्रहरीले एटिएमसँग सम्वन्धित सम्पूर्ण कारोवार सेवा बन्द गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताउनुभयो ।

केही बैंंकको एटिएम सेवा आइतवार साँझबाट सुचारू भइसकेको छ भने केहीको सोमवार खुल्ने अपेक्ष गरिएको छ ।

चिनियाँ ह्याकरहरूमाथि बैकिङ कसुर र संगठित अपराध अन्तरगत कानुनी कारवाहीका लागि उच्च अदालत पाटनले सात दिनको म्याद थप गरेको छ । त्यस्तै, उनीहरू विरुद्ध ठगी र साइबर क्राइम पनि आकर्षित हुने छ ।

के हो एटिएम ह्याकीङ ?

नेपाल जस्तो विकासन्मुख देशको ई–बैकिङ सेवाको गोप्य डाटा ‘ह्याक’ गरी सेफ्टी पिन नम्वर चोर्ने र सोही पिन नम्वर आफूसँग रहेको नयाँ तथा नक्कली भिषाकार्डमा कपि गरी एटिएमबुथबाट रकम निकाल्ने गरेको पाइएको छ ।

नेपाल प्रहरीको साईवर क्राइम ब्यूरोका अनुसार, एउटा समूहले आइटी सरवरको गोप्य डाटासम्म नै पहुँच पु¥याएर तथा अर्को समूहले एटिएम मेसिनभित्र माइक्रो सिसि क्यामेरा जडान गरी ग्राहकको पिन नम्वर चोरी गरी नगद झिक्छन ।

अर्को समूहले नक्कली नाम बनाइ एउटा देशमा बसेर अर्कै देशको पैसा अर्कै ब्यक्तिको खातामा जम्मा गर्न लगाउने र त्यहाँ जम्मा भएको रकम पनि पछि पुनः आफ्नो खातामा जम्मा गर्न लगाउने गर्छन् । यस्तो अपराधमा संलग्न ब्यक्तिको पहिचान गर्न सकिदैन ।

ई–बैकिङ सेवाको सपm्टवेर सरबरसम्म पहुँच राख्ने ह्याकरहरूले बैंक कै बचत रकम र एटिएम बुथ तथा माइक्रो सिसि क्यामेरा राखेर पिन नम्वर चोर्नेहरूले सर्वसाधारणको बचत रकम चोर्ने गरेका छन् ।

ह्याकरहरूले शुरुमा विभिन्न भाइरसहरू पठाएर सुरक्षा थ्रेट बढाउने गर्छन । बैंक तथा ब्यक्तिबाट कुनै रेसपन्स नभएमा विस्तारै गोप्य डाटासम्म पहुँच पु¥याउने गरेको पाइएको छ ।
यस्तो अपराधमा युरोप र अफ्रिका लगायत विभिन्न मूलुकका नागरिकका अतिरिक्त चीन, रूस र उत्तरकोरियालीको संलग्नता त्यतिकै देखिएको छ ।

उक्त घटनाको सेफ्टी पिन ह्याकको कमाण्ड स्पेनबाट भएको अनुमान गरिएको छ । बरामद भिषाकार्ड चीनमा बनेको भए पनि नेप्स कम्पनीको आइटी सरबर सेवा लिइरहेका वाणिज्य बैंक तथा विकास बैंकहरूको एटिएम सेवाको सेफ्टी पिन नम्पर स्पेनबाट ह्याक भएको प्रहरीले जनाएको छ ।

पक्राउ अभियुक्तको साथबाट बरामद ल्यापटपमा स्पेनमा रहेको ब्यक्तिले सेफ्टी पिन पठाइ दिने र सोही अनुसार, आलोपालो गरी २५–२५ हजारको दरमा नगद झिक्ने गरेका थिए । विशेष गरी एटिएम बुथमा बचत सम्पूर्ण रकम निकाल्ने गरेका थिए ।

आइटी सुरक्षामा बैंकहरू कमजोर

बैकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाानले आइटी सुरक्षा भन्दा अपराधी दुई कदम अगाडि रहेको प्रतिक्रिया दिनुभयो । यसमा बैकर्सहरूको पनि कमिकमजोरी रहेको स्वीकार्दै उहाँले भन्नुभयो–चोरी भएको नगद सर्वसाधारणको खाताको होइन बैकहरूकै रकम हो ।

सर्वसाधारण निक्षेप कर्ता आत्तिनु पर्ने अवस्था छैन, उहाँले थप्नुभयो– चोरी भएको अनुमानित दुई करोड मध्ये डेढ करोड बरामद भइसकेको छ । केही रकम बरामद हुनेमा शंका छैन । आइटी सुरक्षा चूनौतिपूर्ण बन्दै गएकाले त्यसका लागि थप लगानी गर्न सचेत गराएको छ ।

नियमित अपडेट र निगरानीको अभाव–दवाडी

नेपाल राष्ट्र बैंकका आइटी प्रमुख शिवराज दवाडी प्रविधिमैंत्री बन्न खोज्ने तर प्रविधिप्रति जानकार नहुँदा यस्तो घटना हुने गरेको बताउनुहुन्छ । आइटी सुरक्षाको दुष्टिकोणले नेपाल नै कमजोर छ उहाँले भन्नुभयो–आइटी सुरक्षाप्रति नियमित अपडेट, मनिटर र उपकरण प्रयोगको अभाव देखिन्छ । उहाँले आइटी सुरक्षामा दक्षजनशक्तिको अभाव रहेको बताउनुभयो ।

त्यस्तैं, उपकरणहरू पनि विदेशबाट खरिद गर्नु पर्ने बाध्यता भएकाले बारम्वार यस्ता घटना हुने गरेको बताउनुभयो । बैंकहरूले प्रविधिको प्रयोगसँगै सुरक्षामा पनि लगानी गर्नु पर्ने सुझाव उहाँको छ ।

एटीएम, भिषा र मास्टर कार्ड दिने तर त्यसको सुरक्षा सम्वन्धी कुनै जानकारी नहुँदा उपभोक्ता समेत पीडित हुन सक्ने राय उहाँको छ । प्रभू, एनआइसी एसिया, नेपाल–बंगलादेश बैक लगायत १६ वटा बैंकमा एटिएम सुरक्षा थ्रेट भएको छ ।

राष्ट्र बैंक भन्छ : सर्वसाधारणको रकम सुरक्षित छ 

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।    
    
बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले रासससँग कुरा गर्दै भन्नुभयो, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उहाँले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो ।    
    
चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र रु एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त ? भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भन्नुभयो, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन गर्छौ ।”    
    
उहाँले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकता अपनाउनसमेत निर्देशन दिइएको बताउनुभयो  । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालेको छ ।    
    
प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?