logo
२०८१ जेष्ठ ५ शनिवार



मिटर व्याजी श्याम परदेशी पक्राउ

खुला |


मिटर व्याजी श्याम परदेशी पक्राउ



जनार्जन खत्री÷सर्लाही
सर्लाही, भदौ १५ गते । ठगीको आरोप लागेपछि श्याम परदेशी भन्ने श्यामकृष्ण साहलाई प्रहरीले आइतवार साँझ सर्लाही सदरमुकाम मलङ्गवाबाट पक्राउ गरेको छ ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित घर नजिकैबाट साहलाई प्रहरीले पक्राउ गरेको हो । ५६ वर्षीय साहविरुद्ध आइतवार मात्रै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख भट्टराईले बताउनु भएको छ ।
जिल्लाको साबिक पिपरिया गाबिस घर भएका साहले तिरेको ऋणको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने, आफूले भने अनुसार नगर्दा लेनदेनको मुद्दा लगाउने गरेको जस्ता आरोप लागेको छ । साहको अन्याय सहन नसक्ने अवस्थामा पुगेको भन्दै सर्लाहीका विभिन्न गाउँका स्थानीय न्याय माग्दै हाल सङ्घीय राजधानी काठमाडौं पुगेका छन् ।
पीडितहरुले बिहिवार गृहमन्त्री रामबहादुर थापा (बादल), सुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरी न्याय दिलाई दिन माग राखेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?