logo
२०८१ मंसिर ८ शनिवार



खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी

खुला |


खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौंँ, भदौ १८ गते । सरकारले असोजको दोस्रो साताभित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । अहिलेसम्म ६७ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।
बाँकी जिल्ला पनि असोजको पहिलो हप्ताभित्र र असोजको दोस्रो हप्ताभित्र नेपाललाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी आन्तरिक तयारी गरिएको छ । प्रदेश ३ अन्तर्गत जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति डिभिजन ५ ले सोमबार काठमाडौंँमा गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाललाई असोजको दोस्रो साताभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी काम भइरहेको जानकारी दिइयो । डिभिजन ५ का प्रमुख हरिदत्त पौडेलले निरन्तर प्रयासपछि असोजको दोस्रो साताभित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी काम भइरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?