१. बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद् निलम्वनको घोषणा कहिले गर्नुभयो ?
सन् २०१९ अगस्ट २८
(प्रधानमन्त्रीले १४ अक्टोबरसम्मका लागि संसद् निलम्वनको घोषणा गरेका । संसद् निलम्वनले आगामी अक्टोबर ३१ तारिखमा विनाकुनै सम्झौता युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुन पारित गर्न सांसदसँग समय अभाव हुने जनाइएको । तर, प्रधानमन्त्रीले ब्रेक्जिट प्रक्रियामा छलफल गर्न दुवै पक्षका सांसदलाई पर्याप्त समय हुने दाबी गरेका । )
२. शिक्षा दिवस २०७६ को आदर्श वाक्य के हो ?
हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण
३. भारतको कोलकातास्थित बन्दरगाहसँगै रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको नयाँ कन्टेनर फ्रेट स्टेसनको औपचारिक रूपमा कहिले उद्घाटन गरिएको हो ?
विक्रम संवत् २०७६ भदौ १२
– कोलकाता बन्दरगाह क्षेत्रभित्रको उक्त फ्रेट स्टेसनमार्फत नेपालका लागि मालवस्तु बोक्ने कन्टेनरहरू ‘लोड अनलोड’ गर्न र त्यसलाई गन्तव्यतिर पठाउन सहज हुनेछ ।
– नेपाल भारत पारवहन सन्धिअनुसार गोदाम तथा पारवहन व्यवस्थापन कम्पनीले भाडामा लिएको चार हजार ९७२ वर्ग किमि क्षेत्रफलमा उक्त फ्रेट स्टेसन निर्माण गरिएको हो । यसमा एकपटकमा ३५० वटा कन्टेनर राख्न सकिन्छ ।
– फ्रेट स्टेसन सञ्चालनबाट कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानाको खर्च घट्ने अपेक्षा गरिएको छ ।
४. केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणनाको प्रतिवेदनअनुसार दैनिक रूपमा बढी समयसम्म सञ्चालन हुने प्रतिष्ठानका आधारमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?
गण्डकी प्रदेश
– गण्डकी प्रदेशका औद्योगिक प्रतिष्ठान दैनिक रूपमा सबैभन्दा बढी समयावधिसम्म चल्ने र रोजगारी सिर्जनामा अब्बल रहेको देखिएको ।
– प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा रहेका एक लाख प्रतिष्ठान मध्ये ३५ प्रतिशत प्रतिष्ठान दैनिक १३ घन्टाभन्दा बढी चल्ने गरेका ।
– दोस्रोमा प्रदेश ३ रहेको । यहाँ २ लाख ८२ हजार ९२० औद्योगिक प्रतिष्ठान रहेकोमा २९.९२ प्रतिशत (८४,६५५ वटा) प्रतिष्ठान दैनिक १३ घन्टाभन्दा बढी सञ्चालनमा रहेका ।
– १३ घन्टा वा त्यो भन्दा धेरै समय काम गर्ने प्रतिष्ठानमा प्रदेश १ (२२.०३ प्रतिशत) सबैभन्दा पछाडि देखिएको ।
– धेरै समयसम्म सञ्चालनमा रहनु भनेको उत्पादकत्व राम्रो हुनु हो । यसले रोजगारी सिर्जनामा अब्बल रहेकोसमेत सङ्केत गर्छ । यसले ओभरटाइम वा नयाँ मानिसलाई रोजगार गर्ने मौका दिइरहेको देखिन्छ ।
५. अन्तराष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी को हो ?
श्रीलङ्काका लसिथ मालिङ्गा
(७४ खेलमा ९९ विकेट लिई टी–२० मा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा आफूलाई स्थापित गरेका । मालिङ्गाले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीका नाममा रहेको रेकर्ड तोडेका । अफ्रिदीले ९९ खेलमा ९८ विकेट लिएका । मालिङ्गाले सन् २०१९ सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध क्यान्डीमा भएको तीन खेलको टी सिरिजको पहिलो खेलमा उक्त रेकर्ड बनाएका ।
टी–२० मा सर्वाधिक विकेट लिने खेलाडी
६. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
विसं २०७४ साउन १२
७. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
सन् २०१८ जनवरी २६
– साइबर आक्रमणका घटनाहरूलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।
८. ‘हिमालयन इन्साइक्लोपेडिया’ उपनामबाट चिनिने एलिजावेथ हली कुन देशकी नागरिक हुनुहुन्छ ?
अमेरिका
(नेपाल सरकारबाट “मानार्थ नागरिकता” प्राप्त गर्नु भएकी हलिको सम्मान एवम् सम्झनामा धौलागिरि हिमशृंखलाको ६,१८२ मिटर उचाइको एक हिमाललाई “पिक हली” नामकरण गरिएको । )
९. ‘ककपिट अफ युरोप’ कुन देशको भौगोलिक उपनाम हो ?
बेल्जियम
१०. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
– राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) बन्नुभएका ।
११. नेपाल र लुसियानाबीच दौत्यसम्बन्ध कायम कहिले भएको हो ?
सन् २०१९ अगस्ट २७
– नेपालसँग द्विपक्षीय सम्बन्ध कायम भएको लुसियाना १६७औँ राष्ट्र हो ।
– क्यारेबियन समुद्रमा रहेको सानो टापु राष्ट्र लुसियाना ६१७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
– करिब १ लाख ७० हजार जनसङ्ख्या रहेको यस राष्ट्रको प्रमुख आयस्रोत पर्यटन व्यवसाय रहेको ।
– यो देश बेलायतको उपनिवेशबाट मुक्त भएपछि सन् १९९७ मा राष्ट्रसङ्घको सदस्य बनेको हो ।
१२. निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा कहिले सार्वजनिक गरेको हो ?
विसं २०७६ भदौ २
– लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखी पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरिएको ।
– नयाँ रणनीतिअनुसार आउँदा निर्वाचनमा मतदानस्थलमै मतगणना गर्ने योजना प्रस्ताव गरिएको ।
– त्यस्तै, राजनीतिक दललाई राज्यका तर्फबाट अनुदान दिने प्रस्ताव पनि रणनीतिक योजनामा समेटिएको ।
– यो योजना कार्यान्वयनका लागि करिब आठ अर्ब पाँच करोड ६० लाख रुपियाँ लाग्ने प्रारम्भिक अनुमान रहेको ।
– निर्वाचनमा नागरिक एवम् सरोकारवालाको सहभागिता, सहकार्य र साझेदारी बढाउने उद्देश्य रहेको उक्त योजनाका लागि तयार गरिएका पाँच रणनीतिअन्तर्गत ४० वटा कार्यनीति पहिचान गरिएको ।
१३. जगदीश घिमिरे प्रतिष्ठानद्वारा पहिलोपटक जगदीश घिमिरे स्मृति पुरस्कार कसलाई प्रदान गरियो ?
मनु ब्राजाकी (पुरस्कार राशि ः रु. ५१ हजार)
१४. सरकारद्वारा सातै प्रदेशका प्रमुख र अस्थायी मुकाम कहिले तोकिएको हो ?
विसं २०७४ माघ ३
१५. हेनेली पासपोर्ट इन्डेक्स २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
९८औंँ स्थानमा
– १८९ देशका पार्सपोट (राहदानी)को अध्ययन गरी प्रकाशित गरिएको सो सूचीअनुसार शक्तिशाली राहदानी भएका देशमा जापान, सिङ्गापुर, दक्षिण कोरिया रहेका । यी देशका राहदानीवाहकले १८९ देशमा फ्री इन्ट्री भिसा पाउने ।
– त्यसैगरी, कम शक्तिशाली राहदानी भएका देशमा अफगानिस्तान र इराक रहेका । सो सूचीअनुसार ती देशको राहदानी १०४औँ स्थानमा रहेको र ३० देशमा फ्री इन्ट्री भिसा पाउने ।
१६. नेपाल सरकारद्वारा विसं २०८२ सम्म सबै प्रकारका बालश्रम अन्त्य गर्नेगरी बालश्रम निवारण राष्ट्रिय गुरुयोजना कहिले सार्वजनिक गरिएको हो ?
विसं २०७५ असार २४
१७. राष्ट्र बैङ्कको अनुमतिविना वित्तीय संस्थाहरूले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?
विसं २०७४ पुस ११
१८. विष्णुका दस अवतार के–के हुन् ?
मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की
१९. मुलुकका ७७ वटै जिल्लामा लागू हुनेगरी सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?
विसं २०७५ कात्तिक ११
२०. नागरिकता प्राप्त गर्ने विश्वको पहिलो रोबोटलाई के नामले चिनिन्छ ?
सोफिया
– सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले सन् २०१७ अक्टोबरमा नागरिकता प्रदान गरेको ।
– नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले ‘परिवार’ भन्ने चीज महŒवपूर्ण रहेको बताएको ।
– हङकङको हान्सन रोबोटिक्सद्वारा निर्मित सो रोबोटले मेसिन लर्निङ प्रविधि प्रयोग गरी मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्ने बताइएको ।
२१. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थापना कहिले भएको हो ?
सन् १९८५ डिसेम्बर ८
– सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमान रहेका ।
– सार्कमा नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ सदस्य राष्ट्र रहेका । विश्वको तीन प्रतिशत भू–भाग ओगट्ने सार्क राष्ट्रमा विश्वको झन्डै २१ प्रतिशत जनसङ्ख्या बसोवास गर्ने । साथै, विश्व अर्थतन्त्रको ३.८ प्रतिशत हिस्सा सार्कले ओगट्ने ।
– यसका नौ पर्यवेक्षकका रूपमा अस्ट्रेलिया, चीन, युरोपेली युनियन, इरान, जापान, मौरिसस, म्यानमार, दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका रहेका ।
– यस सङ्गठनको मुख्यालय अर्थात् सचिवालय काठमाडौँमा सन् १९८७ जनवरी १७ मा स्थापना भएको ।
२२. डीएनए को पूरा रूप के हो ?
डी – ओक्सरिबोन्युक्लिक एसिड
– डीएनएमा प्राणीको जैविक जानकारी भण्डारण हुन्छ, जो एक पुस्ताबाट अर्कोमा सर्छ ।
– डीएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्दछ ।
– मानव शरीरका प्रत्येक कोषिकामा डीएनए हुन्छ ।
– वंशाणुगत गुण बोक्ने डीएनए घुमाउरो सिँढी आकारको हुन्छ ।
– स्वीस चिकित्सक फ्रेडरिक मिसचेरले सन् १८६९ मा डीएनए पत्ता लगाएका, जो पछि नोबल पुरस्कारबाट सम्मानित भएका ।
२३. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?
कालिकोटस्थित पचाल झरना
– पचाल झरनाको उचाइ ३८१ मिटर रहेको । २०७४ साउन १२ मा यससम्बन्धी निर्णय भएको ।
– यसअघि नेपालको सबैभन्दा अग्लो झरनाका रूपमा ह्यात्रुङ
(३६५ मिटर) लाई मानिदै आएको ।
२४. सन् २०१८ मा एक हजार ३७२ रोबोटले एकसाथ सङ्गीतको धुनमा नाची गिनिजबुक अफ वल्र्ड रेकर्ड कायम कहाँ गरियो ?
इटालीको रोम
– अल्फा वान एस रोबोटको टिमले यो रेकर्ड कायम गरेको ।
– यसअघि सन् २०१७ अगस्टमा चीनमा एक हजार ६९ रोबोटले नृत्य गरेर विश्व रेकर्ड कायम गरेका ।
२५. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
सन् २०१८ अप्रिल
– नेपाल पहिलोपटक सो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९–२०२१ का लागि) भएको ।
– बोर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राष्ट्रमा भारत, बङ्गलादेश, साउदी अरब र मङ्गोेलिया रहेका ।
– त्यसैगरी, आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका ।
२६. राणाकालीन समयमा नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?
१० जना
२७. नेपालको सबैभन्दा धेरै देशसँग कूटनीतिक सम्बन्ध कायम भएको वर्ष कुन हो ?
सन् २०१७ (१२ देशसँग)
(यसअघि सबैभन्दा धेरै कूटनीतिक सम्बन्ध सन् १९६० मा ११ देशसँग कायम भएको । )
२८. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टिम) को गठन कहिले गरिएको हो ?
विसं २०७४ मङ्सिर १
२९. उपत्यकाका सडकमा ‘पिक एन्ड ड्रप’ को व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?
विसं २०७५ पुस १
३०. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?
विसं २०७५ मङ्सिर ३
प्रस्तुतकर्ता : टङ्क केसी/हेमचन्द्र शर्मा