गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १९ गते । महिला हिंसा न्यूनीकरणका लागि विश्वव्यापी रूपमा चलाइएको अभियान ‘उर्लंदो सय करोड’ २०२० को उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
दक्षिण एसियाली महिलावादी अधिकारकर्मी, व्यक्ति संस्थाले ‘उर्लंदो सय करोड अभियान’ आठौँ वर्ष प्रवेशको अवसरमा नेपालमा विविध कार्यक्रमको आयोजना गर्दैछ । नारीवादी अभियन्ता तथा उर्लंदो सय करोड दक्षिण एसियाका संयोजक कमला भासिनले भदौ २१ गते नेपालमा विविध कार्यक्रमको आयोजना गरिने
जानकारी दिनुभयो ।