logo
२०८१ मंसिर ६ बिहीवार



समृद्ध नेपाल निर्माण गर्न कला संस्कृतिको अतुलनीय योगदान

खुला |


समृद्ध नेपाल निर्माण गर्न कला संस्कृतिको अतुलनीय योगदान


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपाल कला संस्कृतिमा धनी भएकाले समृद्ध नेपाल निर्माण गर्न कला संस्कृतिको अतुलनीय योगदान हुने चर्चा गर्नुभएको छ ।

नेवाः देय् दबूको रजत जयन्तीको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहँुदै सभामुख श्रेष्ठले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले देशभर छरिएर रहेका नेवाः समुदायलाई एउटै मालामा उन्नको लागि नेवाः देय् दबूले संस्थागत पहल गरेको बताउनुभयो ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवाः पहिचानको लागि छरिएका नेवाः समुदायलाई एकताबद्ध पार्न सफल भएको बताउनुभयो ।

प्रदेश नम्बर ३ का सभासद जीवन महर्जनले उपत्यकाबासी नेवाः समुदायलाई आफ्नो पहिचान र अधिकारको लागि संस्थागत रुपमा पहल गर्न दबूले योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका संघसंस्थाहरुलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?