logo
२०८१ जेष्ठ ३ बिहीवार



किवानिज पूर्ण डिस्ट्रिक अधिवेशन शुरु

खुला |


किवानिज पूर्ण डिस्ट्रिक अधिवेशन शुरु


काठमाडौँ, भाद्र २१ गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालको पूर्ण डिस्ट्रिक अधिवेशन शुरु भएको छ ।

राजधानीमा एक कार्यक्रमकाबीच आयोजित सो सम्मेलनमा देशभर रहेका किवानिजका ५१ वटा क्लबबाट करिब तीन सयभन्दा बढिको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष पिटर जेन्डरले किवानिज नेपालले बालबालिका क्षेत्रमा र प्राकृतिक प्रकोपका समयमा गरेका काम सराहनीय रहेको बताउनुभयो । उहाँले क्लबहरुका सामाजिक रुपान्तरणमा विभिन्न सामाजिक कार्यक्रमले आफूहरुलाई गौरबवान्दित बनाएको उल्लेख गर्नुभयो ।

किवानिज इन्टरनेशनल केन्द्रका प्रतिनिधि जेफ वट्सले किवानिज नेपालले छोटोसमयमा निकै प्रगति गरेको बताउदैँ–‘बालबालिका समाजिक रुपान्तरणका सम्बाहक रहेकाले बालबालिकाका क्षेत्रमा काम गर्ने किवानिज जस्तो संस्था नेपाल जस्तो समाजका लागि आवश्यक छ’– भन्नुभयो ।

किवानिज नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले सन् २०१५ मा स्थापना भएको किवानिज नेपाल बालबालिकाको क्षेत्रमा पूर्णरुपले समर्पित संस्था रहेको बताउनुभयो । उहाँले हाल देशभर किवानिजमा ५१ क्लबमा ११ सय ३६ सस्दस्य रहेको जानकारी दिनुभयो ।

नेपालमा सन् २०२० मार्चमा हुन गइरहेको किवानिज एसियाप्यासिफिक सम्मेलन २०२० का अध्यक्ष मोहन लम्सालले एसियाप्यासिफिक सम्मेलन नेपालमा गर्नु निकै चुनौति र अवसर रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?