logo
२०८१ मंसिर ६ बिहीवार



खातुनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन

खुला |




काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ ।

वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उहाँको अवस्था खतरामुक्त रहेको छ ।

राज्यमन्त्री डा यादव आज अस्पतालमा पुगी खातुनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिनुभएको थियो । उहाँले उपचारमा सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जानकारी पनि दिनुभयो । समाजवादी पार्टीका सांसद प्रदीप यादवले खातुनको उपचारमा रु ५० हजार र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले रु पाँच लाख दिने निर्णय गरिसक्नुभएको छ ।

पर्सा जिल्ला प्रहरीले छात्रा खातुनमाथि एसिड प्रहार गर्ने तीन युवकलाई पक्राउ गरिसकेको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?