नारायणगढ समाचारदाता
भरतपुर भदौै २५ गते । नेपाली काग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपाली जनताको वलिदानवाट आएको देशको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विश्वकै लागि नमुना भएको बताउनु भएको छ ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग ब्यवसायी महासंघको तेश्रो वार्षिक साधरण सभाको बुधवार यहाँ उद्घाटन गर्दै महामन्त्री डा. कोइरालाले कांग्रेसले कुनै हालतमा संविधान तोडमोड गर्न नदिने बताउनुभएको छ ।
“सरकारले संविधानमा हस्तक्षेप गर्दै छ । हामी अहिलेको संविधानमा एक अक्षर पनि यता उति हुन दिने छैनौ”, महामन्त्री कोइरालाले भन्नुभयो, “काग्रेस यसमा अत्यन्त सर्तक छ ।”
“अहिलेको संविधानमा कुनै पनि किसिमको परिवर्तन हुन दिने छैनौ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा उहाँले क्याटरिङ्ग तथा पार्टी प्यालेसहरुमा देखिएका समस्या समाधानका लागि सरकार गंभिर हुनुपर्ने धारणा पनि राख्नुभयो ।
“ब्यवसायीहरुको समस्या समाधानका लागि राज्य चुप लागेर बस्न मिल्दैन”, उहाँले भन्नुभयो ।
महामन्त्री डा. कोइराला वोल्नु अघि वोलेका ब्यवसायीहरुले कर नीति, सामाजिक सुधार ऐनका नाममा हुने अनुगमनले क्याटरिङ्ग तथा पार्टी प्यालेसहरूमा समस्या भएको गुनासो गरेका थिए ।
कार्यक्रममा वोल्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग ब्यवसायी महासंघका अध्यक्ष लिलावहादुर जिसीले सामाजिक सुधार ऐनलाइ समय सापेक्ष सुधार हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
साधरण सभामा देशभरीका १५० पार्टी प्यालेस तथा क्याटरिङ्ग ब्यवसायीहरुको सहभागिता रहेको छ ।