गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । सप्ताह रूपमा मनाइने राजधानीको इन्द्रजात्रा पर्वको मुख्य दिन शुक्रबार कुमारी, गणेश र भैरव रथयात्रा गरिँदै छ । रथलाई वसन्तपुरबाट मजिपाटहुँदै जैसिदेवल भएर लगनबाट फर्काइन्छ ।
शनिबार यही रथलाई नरदेवीतर्फ लगिन्छ । इन्द्रजात्रालाई व्यवस्थित र भव्य र शान्तिमय बनाउन जात्रामा आबद्ध स्थानीय क्लब सक्रिय रूपमा जुटेका छन् । मङ्गलबार बिहान इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो ।