logo
२०८१ जेष्ठ ९ बुधवार



पहिरोमा दुई सवारी पुरिदा एकको मृत्यु, चार घाईते

खुला |


पहिरोमा दुई सवारी  पुरिदा एकको मृत्यु, चार घाईते


दीपक ज्ञवाली,

बुटवल, भदौ २७ गते । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबामा पहिरोले दुई सवारी साधन पुर्दा एक जनाको मृत्यु भएको छ चार जना गम्भीर घाईते भएका छन् ।

शुक्रबार बिहान गएको पहिरोले लु १ ज २६१७ नम्बरको जीप र लु १ च ५९३८ नम्बरको कार पुरेको हो ।

दुर्घटनामा जीप चालक रुपन्देहीका कमल परियारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

पहिरो क्षेत्रबाट प्रहरीले उद्धार गरेका गम्भीर घाईते चार जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?