logo
२०८१ जेष्ठ ८ मंगलवार



खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गयो

खुला |


खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गयो


कृष्ण तिवारी,

रौतहट, भदौ २७ गते । रौतहटमा खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

भारतिय सिमाना जोडिएको ईशनाथ नगरपालिकाका वडा नम्वर १ निवासि तीन बालिकाको डुबेर ज्यान गएको हो ।

ईशनाथ नपा १ बनजरहाका मिरालाल साहकी ७ बर्षिया छोरी सरिता कुमारी र बृजनन्दन यादवको दुई छोरी बर्ष १० कि पिन्जल कुमारी र बर्ष ६ कि गुडिया कुमारिको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री ले बताउनुभयो ।

घरबाट बिहान माछा मार्न खेतमा गएका तीन जना बालिका बिहीबार साँझसम्म घर नफर्किए पछि खोजतलास गर्दै जाँदा एउटा खाल्डोमा डुुबेको अवस्थामा शव फेला परेको पीडित परिवारले जनाएको छ । उनिहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याइएको र घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?