दुर्गा देवकोटा,
लम्की, भदौ ३० गते । जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षको हुनुभयो । उहाँ दुई वर्षदेखि नियमित विद्यालय जानुहुन्छ । ‘‘४ कक्षाका साना बालबालिका सँगै पढ्छु । नेपाली अक्षर सरर पढ्न सक्छु ।’’ मनबुझौनी भन्नुहुन्छ, ‘‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जांँदा अझ पढ्ने इच्छा बढ्दै जाँंदो रहेछ ।’’
उहांँले सात जनाको परिवारका लागि बिहान र सांँझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिइरहनुभएको छ । ‘‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुंँदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमिति पोशाकमै विद्यालयमा आउने गरेकी छु ।’’ उहांँले भन्नुभयो, ‘‘म श्रीमान्लाई सुनाउंँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’’
उहांँजस्तै जोशीपुर– ३ छोटेलाल स्मृति आधारभूत विद्यालय लक्कडमा आठ महिला विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उनीहरु सबै ४० वर्षभन्दा माथि उमेरका छन् । पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने भनाइलाई जोशीपुरका आठ आमाले प्रमाणित गरेका छन् । उमेरले धेरै पढ्न नसके पनि हिसाबकिताब राख्न र अक्षर चिन्न सक्ने हुने सबैको इच्छा छ । सावाँ अक्षर पढ्न र लेख्न सक्ने भई व्यावहारिक जीवन अगाडि बढाउने सबैको रहर छ ।
सानो उमेरमा पढ्न नपाएका महिला ४० कटेपछि पढ्न पाएकामा निकै खुशी छन् । ग्रामीण क्षेत्रमा रहेकाले अहिले गाउंँठाउँमा विभिन्न बैठक र महिलासम्बन्धी छलफल हुने भएकाले आफूहरु निरक्षर हुँदा हस्ताक्षरसम्म गर्न नजानेको पीडाले उनीहरुमा पढ्ने इच्छा जागेको हो ।
सामूहिक रुपमा पढ्ने मनसाय र सल्लाह गरेर विद्यालय आउन थालेको अर्का विद्यार्थी पानमति चौधरीले बताउनुभयो । शुरुमा विद्यालय आउँदा धेरैले कुरा काटे, समूहमा संँगै आउने, संँगै जाने ग¥यौँ, जसले सहज भयो”, पानमतिले भन्नुभयो, ‘‘अहिले नियमित विद्यालय आउँदा पढाइ राम्रो भइरहेको छ । सबैले राम्रो गरिरहेछौंँ भन्न थालेका छन् ।’’
विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउनुहुन्छ । ‘‘महिला विद्यार्थीहरु छिट्टै लेख्न, पढ्न नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । शुरुशुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’’, शिक्षिका कठरियाले भन्नुभयो, नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरुलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छाँैं ।’’
विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरु आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताउनुभयो ।
‘‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’’, प्रधानाध्यापक कठरियाले भन्नुभयो, ‘‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौंँ । उहांँहरुलाई थप कक्षा पनि दिने गरेका छौंँ ।’’
उहाँंले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताउनुभयो ।