सहरमा जनसङ्ख्या व्यवस्थापन
१. सहरीकरण भन्नाले के बुझ्नुहुन्छ ? सहरमा कसरी जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ ?
सहरमा जनसङ्ख्या व्यवस्थापनसडक, विद्युत््, खानेपानी, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार भएको साधन र सुविधासम्पन्न क्षेत्र सहर हो । यही सहरको विस्तार हुने कार्य सहरीकरण हो । यो सहरको विस्तार एवम् विकास गर्ने कार्य हो । सहरीकरण प्रत्यक्ष रूपमा जनसङ्ख्या वृद्धिसँग गाँसिएको हुन्छ । सहरीकरण स्वयम्मा समस्या होइन तर अव्यवस्थित रूपमा न्यूनतम पूर्वाधारको विकास हुन नपाउँदै सहरीकरण हुनु समस्या हो ।
सहरमा जनसङ्ख्या व्यवस्थापनका उपाय
– सहरमा विभिन्न सेवा–सुविधा हुने, रोजगारी पाइनेजस्ता कारणले जनसङ्ख्या स्वभावतः बढी नै हुन्छ । त्यसैले गाउँका मानिसलाई गाउँमै बस्ने वातावरण सृजना गरेर सहरमा जनसङ्ख्या बढी हुन नदिनु नै व्यवस्थापनको उपाय हो । यसका लागि निम्न तरिका अवलम्बन गर्न सकिन्छ ः
– सरकारी सेवा–सुविधाहरू गाउँसम्म सहज रूपमा उपलब्ध गराउने,
– गाउँमा उद्योग, कलकारखानाहरू स्थापना हुने वातावरण तयार गर्ने,
– सडक सञ्जाललाई गाउँ–गाउँसम्म विस्तार गर्ने, कच्ची सडक पिच गर्ने,
– गाउँमा प्रयोग गर्ने विद्युत्को शुल्क सहरको भन्दा कम गर्ने,
– गाउँका कृषकका आवश्यकता पूरा गर्ने, जस्तै ः मल, बीउ, कृषि शिक्षा आदि ।
– आधुनिक कृषि प्रणालीको विकास गर्ने, कृषकलाई पर्याप्त तालिम दिने,
– गाउँमा लगानीको वातावरण तयार गर्ने,
– गाउँमा सरकारी तथा निजी विद्यालय, क्याम्पस स्थापना गर्न जोड दिने,
– गाउँबाट सहर बसाइँ सराइ गर्ने कार्यलाई व्यवस्थित गर्ने ।
२. नेपालको संविधानमा सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी भएको नीतिबारे लेख्नुहोस् ।
नेपालको संविधानको धारा ५१ (ग) मा सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने,
– ऐतिहासिक, पुराताŒिवक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचार–प्रसार गर्ने,
– सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने,
– राष्ट्रिय सम्पदाका रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने,
– समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने,
– देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने,
बहुभाषिक नीति अवलम्बन गर्ने ।
३. नेपालमा सुशासन कायम गर्ने सन्दर्भमा देखिएका समस्याहरू उल्लेख गर्नुहोस् ।
राज्य संयन्त्रलाई सक्षम, आधुनिक, सरल, पारदर्र्शी, जिम्मेवार एवम् सहभागितामूलक बनाउने कार्य सुशासन हो । यसमा भ्रष्टाचारमुक्त प्रशासन तथा विधिको शासन महŒवपूर्ण हुन्छ । नेपालमा सुशासन कायम गर्ने सन्दर्भमा यी र यिनैसँग सम्बन्धित विविध समस्याहरू देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– ऐन, नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु, समसामयिक हुन नसक्नु,
– सरकारी संयन्त्र जनताप्रति जिम्मेवार र जवाफदेही बन्न नसक्नु,
– सरकारी कार्यहरू पारदर्शी नहुनु, कार्यप्रणाली सरल, सहज एवम् सर्वसुलभ हुन नसक्नु,
– भ्रष्टाचार एवम् अनियमितता निराकरण गर्न नसकिनु,
– सरकारी कामकारबाहीमा सरोकारवालाहरूको सक्रिय एवम् सार्थक सहभागिता गराउन नसक्नु,
– सार्वजनिक सूचना प्रवाहको अवस्था कमजोर हुनु,
– स्थानीय तहहरूको सेवा प्रवाह प्रभावकारी हुन नसक्नु,
– सूचना प्रविधिको प्रयोग, विकास एवम् विस्तार प्रभावकारी हुन नसक्नु,
– मानव संशाधन विकासको अवस्था कमजोर हुनु ।
४. सामाजिक विविधतामा एकता भनेको के हो ? नेपाली समाजमा विविधतामा एकता कायम गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपायहरू के–के हुन् ? चर्चा गर्नुहोस् ।
समाजमा जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक पक्षमा देखापर्ने फरकपन सामाजिक विविधता हो । समाजको यही विविधताका साथै एउटै समाजमा एकापसमा मेलमिलाप गरेर बस्ने, एकले अर्कोलाई सम्मान गर्ने, सामाजिक विकासमा सामूहिक सहभागिता जनाउने, समाजका विकृतिहरू हटाउन एकताबद्ध हुनेजस्ता कार्य सामाजिक विविधतामा एकता हो । नेपाल भौगोलिक रूपमा सानो भए पनि सांस्कृतिक विविधता र एकतामा निकै ठूलो मानिन्छ । यहाँ १२५ विभिन्न जातजातिको बसोवास रहेको छ । ती जातजातिका आफ्नै भाषा छन् । आफ्ना जात, भाषा र धर्मअनुसार नेपालीका विविध प्रकारका सांस्कृतिक मूल्यमान्यता र गतिविधि छन् । एक जातले अर्को जातको धर्म र संस्कारको सम्मान गरेको अवस्था छ । हिन्दु, बौद्ध धर्मलगायतका सबै धर्मावलम्बी आपसमा मिलेर बसेको अवस्था छ । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भईकन पनि विविधतामा एकतामा बाँधिएको मुलुक हो ।
– विविधतामा एकता कायम गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपायहरू
– सबै जातजाति, धार्मिक सम्प्रदाय, भाषाभाषीलाई राज्य प्रणालीमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने,
– धार्मिक सहिष्णुता र जातीय सद्भावको महŒवका विषयमा सर्वसाधारणमा जनचेतना जगाउन प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने,
– लोपोन्मुख जातजाति, भाषा, संस्कृतिको उत्थानका लागि विशेष नीति अख्तियार गर्ने,
– विविध जातजाति, धर्मावलम्बी, भाषाभाषीलाई समेट्नेगरी स्थानीयस्तरमा सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
– जातजाति, धर्म, संस्कृति, भाषाका आधारमा हुने भेदभाव र शोषणको पूर्ण अन्त्य गर्ने,
– खुला सिमाना व्यवस्थित गर्ने,
– राष्ट्रिय सुरक्षा नीति तय गर्ने,
– राष्ट्रिय एकता जागरण अभियान सञ्चालन गर्ने ।
५. आरक्षण भनेको के हो ? सरकारी सेवामा आरक्षण किन आवश्यक पर्दछ ? उल्लेख गर्नुहोस् ।
पिछडिएको वर्ग एवम् समुदायलाई सरकारी सेवामा सरल र सहज पहँुच गराउन गरिने विशेष व्यवस्थालाई आरक्षण भनिन्छ । यो कोटा व्यवस्था हो, जसमा तोकिएका व्यक्ति, वर्ग, समुदायले मात्र सहभागिता जनाउने गर्दछन् । यो समावेशीकरणको एक प्रभावकारी उपाय हो । नेपालको निजामती सेवा, सेना, प्रहरी, शिक्षक, सार्वजनिक संस्थानलगायतका सबै सरकारी सेवामा आरक्षणको व्यवस्था छ । आरक्षणलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था छ र पनि नेपालमा आरक्षण अझै वास्तविक लक्षित वर्गसम्म पुग्न सकेको पाइँदैन ।
– सरकारी सेवामा आरक्षणको आवश्यकता
– पिछडिएको वर्ग एवम् समुदायको उत्थान गर्न,
– सामाजिक न्याय कायम गर्न,
– विविधतायुक्त समाजमा अवसरको उचित वितरण गरी सामाजिक द्वन्द्व कम गर्न,
– नीति निर्माणदेखि कार्यान्वयनसम्म लक्षित वर्गको सहभागिता सुनिश्चित गराउन,
– शासनमा सबैको अपनत्व बढाउन ।
६. स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार वडाध्यक्षको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार वडाध्यक्षको काम, कर्तव्य र अधिकार निम्न हुन् ः
– वडासमितिको अध्यक्ष भई कार्य गर्ने,
– वडासमितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
– वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेस गर्ने,
– वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने,
– विविध विषयमा सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्ने,
– सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिससम्बन्धी कार्य गर्न सम्बन्धित वडासमितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने,
– कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
७. व्यवस्थापन सूचना प्रणालीले निर्णय प्रक्रियामा कसरी सहयोग पु¥याउँछ ?
व्यवस्थापनका हरेक क्रियाकलाप निर्णयमा आधारित हुने र निर्णय प्रक्रिया सूचनामा आधारित हुने भएकाले व्यवस्थापनलाई आवश्यक पर्ने यस्ता सूचना सङ्कलन गरेर, प्रशोधन गरेर र व्यवस्थापनसमक्ष पेस गरेर व्यवस्थापन सूचना प्रणालीले निर्णय प्रक्रियामा सहयोग पु¥याएको हुन्छ । यसले पु¥याउने अरू सहयोगलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– व्यवस्थापनलाई भरपर्दो सूचना सजिलै र तुरुन्तै उपलब्ध गराएर,
– छरिएका सूचनाहरूलाई एकीकृत गरी सुरक्षित भण्डारण गरेर,
– विगत र वर्तमानको तुलना गरी भावी रणनीति तय गर्न मद्दत गरेर,
– सूचना प्रवाहमा नियमितता गरेर,
– सूचनाको प्राप्ति र प्रयोगमा मिव्ययिता कायम गरेर,
शीघ्र निर्णयका लागि तथ्यपरक सूचना प्रदान गरेर ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा