logo
२०८१ मंसिर ७ शुक्रवार



लोकसेवा अध्ययन सामाग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |


लोकसेवा अध्ययन सामाग्री  (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल राष्ट्र बैङ्कले कारोबार भएको वास्तविक समयमै भुक्तानी हुने प्रणाली (आरटीजीएस) औपचारिक रूपमा कहिलेदेखि लागू गरेको हो ?
 विक्रम संवत् २०७६ भदौ २९
राष्ट्र बैङ्कले एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन एकदेखि डेढ दिन लाग्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्दै तुरुन्तै पाइने व्यवस्था कार्यान्वयनमा ल्याएको ।
आरटीजीएस पद्धति कार्यान्वयनमा आएपछि कारोबारीले दुई लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नुपर्ने
छैन ।
पहिलो चरणमा वाणिज्य बैङ्कमार्फत रियल टाइम सेटलमेन्ट गराउन थालिएको ।
राष्ट्र बैङ्कले २० लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी जारी गर्न नपाइने र सोको सट्टा आरटीजीएस प्रणालीमार्फत नै गर्नुपर्ने व्यवस्था पनि छिट्टै कार्यान्वयनमा ल्याउने भएको ।

२. नेपाल राष्ट्र बैङ्क, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अङ्कित कति प्रकारका सिक्का निष्कासन गरेको हो ?
 तीनप्रकार (रु. १००, १,००० र २,५०० दरका)
– जोशी सय वर्ष पुगेको अवसरमा टकमरी गरिएका सिक्का निष्कासन गरेको ।
– राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अङ्कित सिक्का निष्कासन हुने जोशी पहिलो व्यक्ति हुनुहुन्छ ।
– दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो ।

३. काठमाडौँ महानगरपालिका कहिले खुला दिसामुक्त घोषित भएको हो ?
 विसं २०७६ भदौ २४

४. नेपालमा सबैभन्दा बढी चरा पाइने स्थान कुन हो ?
 अरूण उपत्यका

५. सिस्नो खोस्ने भदौरे पर्व कहाँ प्रचलनमा रहेको छ ?
 ताराखोला (बागलुङ)
– स्थानीय मगर समुदायका युवकयुवतीबीच सिस्नो खोसाखोस गर्ने मेला परम्परागत रूपमा हुँदै आएको ।
– खेतबारीमा लगाएको बाली राम्रो हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको ।
– यो पर्व दुई वर्षको अन्तरमा मनाउने प्रचलन रहेको ।

६. युनेस्कोद्वारा ‘वास्तुकलाको राजधानी’ का रूपमा घोषित (२०१९ जनवरी १८) सहर कुन हो ?
 रियो द जेनेरियो (ब्राजिल)

७. एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरूको सम्मेलन नेपालमा कहिले सम्पन्न भएको हो ?
 विसं २०७६ भाद्र २–६
– एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका सम्बन्धमा यो सम्मेलन आयोजना गरिएको,
– सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको काउन्सिल प्रेसिडेन्टमा प्रस्तुत गरिने बताइएको ।
– ५६औँ संस्करणको यस सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ रहेको ।
– सम्मेलनमा यस क्षेत्रका ४३ देशका प्रतिनिधि एवम् २६ वटा प्रवद्र्धक संस्थालगायतको सहभागिता रहेको ।

८. तेस्रो पूर्वाधार सम्मेलन कहिले सम्पन्न भएको हो ?
 विसं २०७६ भदौ २५–२६

९. वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’ को सञ्चालन कहिलेदेखि गरेको हो ?
 विसं २०७५ चैत १८

१०. ‘मार्च फर आवर लाइभ्स’ के सँग सम्बन्धित छ ?
 बन्दुकबाट हुने हिंसा नियन्त्रण र बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाउनका लागि दबाब सृजना गर्न अमेरिकी विद्यार्थीद्वारा गरिएको प्रदर्शन ।
(सन् २०१८ मार्च २४ मा भएको यो प्रदर्शनमा वृद्धवृद्धा, बालबालिका, काखे बच्चासहितका महिलालगायत हजारौँको सहभागिता रहेको ।)

११. नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
 फर्पिङ (काठमाडौं)

१२. साउदी अरबस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन हमला कहिले भएको हो ?
 सन् २०१९ सेप्टेम्बर १४
– यमनका हुथी विद्रोहीद्वारा गरिएको ड्रोन आत्रमणबाट साउदी अरबको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदीको तेल उत्पादन आधा कटौती भएको जनाइएको छ । केही महिनादेखि साउदीका तेलकुवा र कारखानामा हुथी विद्रोहीले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तीव्र बनाएका छन् ।
साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोधस्वरूप हुथी विद्रोहीले आक्रमण गरिरहेका छन् । इरान समर्थित हुथी विद्रोहीले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् ।
– साउदीले सन् २०१५ देखि यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको छ ।
– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदीमा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभई, इरानले गरेको दाबी गरेका । इरानले यमनी विद्रोहीलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको जनाउँदै आएको छ । तर, राष्ट्रसङ्घ पश्चिमा मुलुकहरू र खाडी मुलुकले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् ।

१३. एसियाली प्रहरी सम्मेलनको आयोजना कहाँ गरिने भएको छ ?
 काठमाडौँ (विसं २०७६ असोज ७–९)
– विपत् व्यवस्थापन, दिगो शान्ति सुरक्षा तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणसम्बन्धमा सो सम्मेलन केन्द्रित रहने जनाइएको ।
– नेपाल प्रहरी र अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) को संयुक्त प्रयासमा सम्मेलन आयोजना हुन लागेको ।
– सो सम्मेलनमा एसियाका २० भन्दा बढी देशका उच्च प्रहरी अधिकारीको सहभागिता हुने जनाइएको ।

१४. लामो समयदेखि अवरुद्ध रहेको मलेसियाको श्रम स्वीकृति कहिलेदेखि खुला भएको हो ?
 विसं २०७६ भदौ २९
– सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारलाई भदौ २९ देखि श्रम स्वीकृति दिन सुरु गरेको । दुई देशबीच गत वर्षको कात्तिक १२ गते भएको श्रम समझदारीअन्तर्गत मलेसियामा भदौ २४ र २५ गते सम्पन्न संयुक्त कार्य समूहको दोस्रो बैठकले समझदारी कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सोही समझदारीअनुसार श्रम स्वीकृति दिन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको ।
– समझदारीअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, दोहोरो हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायतका खर्च रोजगारदाताले नै बेहोर्नुपर्नेछ । विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेबी लाग्ने छैन । करार अवधि तीन वर्ष रहँदै आएकोमा दुई वर्ष कायम भएको छ । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैङ्क खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुनेगरी तलब, भत्ता एवम् सुविधा पाउने व्यवस्था गरिएको छ । साथै रोजगारदाताले पूरा गर्नुपर्न दायित्व पूरा नगरेमा कामदारले अर्काे काम खोज्न पाउने व्यवस्थासमेत गरिएको छ ।

१५. प्रथम नमुना बाल नगरसभा कहिले र कहाँ सम्पन्न गरियो ?
 विसं २०७६ भदौ २९–३१, ललितपुर महानगरपालिका
– बालदिवसको अवसर पारी भएको सो नगरसभाले २५ बुँदे मागपत्रसमेत तयार गरेको ।
– नमुना बाल नगरसभामा ललितपुर महानगरपालिकासहित विभिन्न जिल्लाका ९० जना बालबालिकाको सहभागिता रहेको ।

१६. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?
 भदौ २९
– विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको बालदिवस विसं २०६३ देखि भदौ २९ गते मनाउन थालिएको हो ।
– नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिन बालदिवसका रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो ।
– बालदिवस (२०७६) को नारा ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ रहेको ।

१७. नेपाल फिल्म क्याम्पसको स्थापना कहिले गरियो ?
 विसं २०७६ भदौ २९
– काठमाडौँको बानेश्वरमा अन्तर्राष्ट्रियस्तरकै नयाँ फिल्म कलेज ‘नेपाल फिल्म क्याम्पस’सञ्चालनमा आएको ।
– त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि यो क्याम्पस सञ्चालनमा आएको ।
– गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको यो कलेजले नेपाली चलचित्र उद्योगको विकासमा टेवा पुग्ने विश्वास गरिएको ।

१८. बागेश्वरी शक्तिपीठ बाँकेमा रहेको छ भने कमलाक्षी शक्तिपीठ कहाँ रहेको छ ?
 सल्यानको लक्ष्मीपुर

१९. नेपालको पहिलो ई–भिलेज कुन हो ?
 बाँकेको फत्तेपुर (विसं २०७२ जेठ २६ )

२०. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
 जेरेन्टोलोजी

२१. ‘प्रहरी मेरो साथी’ अभियान कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७३ असार २७

२२. नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ ले काठमाडौँस्थित ग्राउन्ड स्टेसनसँग संवादको थालनी कहिलेदेखि गर्न थालेको हो ?
 विसं २०७६ भदौ २८
– स्याटेलाइटले पृथ्वीबाट करिब ४ सय २० किलोमिटर उचाइमा फन्को लगाइरहेको छ । भदौ २८ को बिहान ४ बजेर ४० मिनेट हाराहारीमा पूर्वी नेपालको भू–भाग हुँदै स्याट–१ बाहिरिएको थियो ।
– ग्राउन्ड स्टेसनका अनुसार स्याटेलाइटको प्रस्ट सङ्केत भदौ २९ राति ८ बजेर ४० मिनेट आसपासमा देखिएको हो । नेपालको भूगोल र आसपासबाट स्याट–१ ले फन्को लगाएको अवस्थामा सूचना लिन सजिलो हुने नास्टका अधिकारीले बताएका ।
– स्याट–१ ले डेढ घन्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण ग्राउन्ड स्टेसनलाई प्राप्त भइरहेको छ ।

२३. प्रदेश ३ कै पहिलो बालमैत्री नगर घोषित नगरपालिका कुन हो ?
 दोलखाको भीमेश्वर नगरपालिका
– बालमैत्री स्थानीय तहका लागि आवश्यक बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता आधारभूत विषयसँगै ३९ वटा सूचक पूरा गरेपश्चात् भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको ।
– सरकारले २०६८ सालमा बालमैत्री स्थानीय शासन रणनीति बनाएको थियो भने त्यसै वर्ष बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको थियो ।
– यससँगै नेपालमा बालमैत्री नगरपालिकाको सङ्ख्या चार पुगेको छ ।

२४. विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिविहीन को हुन् ?
 कमल लामिछाने

२५. राष्ट्रिय झन्डा दिवस २०७५ को नारा के हो ?
 मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झन्डा मेरो पहिचान

२६. २४औँ विश्व ऊर्जा सम्मेलन कहाँ आयोजना गरिएको हो ?
 संयुक्त अरब इमिरेट्स

२७. नेपालमा भारतीय रुपियाँ दुई सय, पाँच सय र दुई हजार दरका नोटहरू ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भनी नेपाल सरकारद्वारा कहिले निर्णय भएको हो ?
 विसं २०७५ मङ्सिर २४

२८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
 महाभारत पर्वत

२९. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?
 चौबीसे राज्य

३०. एफटीटीएचको पूरा रूप के हो ?
 फाइबर टु द होम
– नेपाल टेलिकमले दु्रत गतिको इन्टरनेट सेवा एफटीटीएचको शुभारम्भ विसं २०७६ भदौ २३ गते रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– यस प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।

प्रस्तुतकर्ता : टङ्क केसी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?