logo
२०८१ जेष्ठ ८ मंगलवार



अक्कर जीप दुर्घटना अपडेटः अरुण नदिमा वेपत्ता भएकालाई गोताखोर टोलीले खोज्दै

खुला |


अक्कर जीप दुर्घटना अपडेटः अरुण नदिमा वेपत्ता भएकालाई गोताखोर टोलीले खोज्दै


ध्यान कुलुङ

सङ्खुवासभा, असोज २ गते । गत मङ्गलबार सङ्खुवासभाको अक्कर भिरबाट अरुण नदिमा खसेर वेपत्ता भईरहेकाहरुलाई गोताखोर टोलीले खोज्ने काम गरिरहेको छ ।

विहिबार दिउँसो घटना स्थल पुगेका ४ जनाको टोलीले विहिबारबाट नै खोज्न थालेका हुन् । हेलिकप्टरबाट तुम्लिङटार झरेर घटनास्थल पुगेका उनीहरुले विहिबार साँझसम्म खोज्दा पनि जीप र वेपत्ता मानिसहरु फेला पार्न सकेका छैनन् ।

आज (शुक्रबार) विहानैबाट खोजी गर्न सुरु गर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले जानकारी दिनुभयो । अरुण नदिमा वेपत्ता भईरहेकाहरुलाई नभेटेसम्म खोजिराख्ने प्रजिअ दुलाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि वेपत्ता हुनेहरुमा खाँदबारी ९ का सवारी चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै २२ बर्षिय प्रमेश थापा मगर र उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे रहेका छन् ।
यस्तै, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका छोरा समिर श्रेष्ठ रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?