logo
२०८२ श्रावण ३० बिहीवार



२६० जना कैदीको सजाय माफी

खुला |


२६० जना कैदीको सजाय माफी


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २६० जना कैदीहरूको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम उहाँहरूको कैद सजाय कट्टा गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले दिनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?