होमराज रानाभाट
कावासोती (नवलपरासी), असोज ४ गते । वि.सं. २०७२ को भुकम्पबाट भत्किएका नीजि संरचना को पुनःनिर्माणको काम पुर्वी नवलपरासी (नवलपुर)मा अन्तिम चरणमा पुगेको छ ।
राष्टिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीयपूर्वाधार) कार्यालयले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को निजीआवास पुनर्निर्माण ८९ प्रतिशत सकिएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।
प्रमुख कार्कीका अनुसार बाँकि ११ प्रतिशत काम मध्ये छ प्रतिशत काम कार्यालयले प्राविधिकहरुलाई घर घरमा पठाएर निर्माणको कार्यमा देखिएको समस्या स्थानीय तहको सहकार्यमा स्थलगत रुपमा नै फछ्र्यौट गर्ने गरी तीन वटा विशेष कार्यदल बनाएर कार्य अघि बढाइएको छ भने पाँच प्रतिशत घरका लाभग्राहीहरु संग सम्पर्क स्थापित नै गर्न सकिएको छैन । पुर्बी नवलपरासमिा भुकम्पबाट ८७२ घर नष्ट भएका थिए ।
जिल्लाभर कुनकुन घर किन बनेन् सो को अन्तिम तथ्याकं लिने कार्य लगभग अन्तिम चरणमा पुगेको छ भने घर बनाउन ईच्छुक घर धनीलाई सम्पूर्ण रुपमा सहयोग गरी यो आर्थिक वर्ष भित्र निजी आवासको कार्य सम्पन्न गरी जिल्लाबाट कार्यालय विदाई हुने गरी कार्ययोजनातयार गरिएको प्रमुख कार्कीले बताउनुभयो ।
निजी आवास पुनर्निर्माणको क्षेत्रमा भुकम्प प्रभावित ३२ जिल्ला मध्ये सवैभन्दा बढि प्रगति भएको र पहिलो निजी आवास निर्माण सम्पन्न भएको जिल्लाको रुपमा पहिचान हुने गरी कार्य अघि बढाइएको प्रमुख कार्कीले बताउनुभयो । नवलपरासी सुस्ता पश्चिम तर्फ भने भुकम्प दिवसका दिन निजी आवास सम्पन्न को घोषणा गर्ने लक्ष्य लिएका छौ कार्कीले भन्नुभयो प्राविधिक रुपमा सहयोग मिलेमा यो कार्य समपन हुने लगभग निश्चित छ ।
प्रमुख कार्कीले अहिले दुई हजार २४० जना व्यक्तिले गुनासो दर्ता गराई सो को सर्भेक्षण कार्य गत जेठमा नै सम्पन्न गरी तथ्याकं केन्द्रमा पठाइ सकिएकोमा हाल सम्म पनि उक्त सर्भेक्षणको नतिजा सार्वजनिक हुन नसकेको बताउनुभयो । सो को नतिजा जिल्लामा प्राप्त भएमा सबै कार्य यहि चैत्र महिना भित्र नै पुरा गर्ने तयारी गरेका प्रमुख कार्कीले भन्नुभयो ।
अहिले सम्म नबनेका घरहरुलाई घर र अव गुनासोबाट थप हुने लाभग्राही हरु लाई तोकिएको समय सिमा भित्र घर सम्पन्न गर्ने कबुलियतनामा गराई वाकि अनुदान रकम दिने तयारी गरेका छौ उहाँले बताउनुभयो ।
यसै गरि राष्टिय पुनर्निर्माण प्राधिकरणकै विद्यालय पुनर्निर्माण क्षेत्र हेर्नेगरी यहि श्रावण १ गतेबाट पुर्बी नवलपरासीमा नयाँ कार्यालय स्थापना गरिएको छ । विगत को आर्थिक बर्षमा. निजी आवास हेर्ने अनुदान व्यवस्थापन तथा स्थानीयपूर्वाधार कार्यालयले नै विद्यालय पुनर्निर्माणको समेत जिम्मेवारी पाइ ९१ प्रतिशत आर्थिक तथा ९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको उहाँको भनाई थियो ।
चालु आर्थिक वर्षमा विद्यालय पुनर्निर्माणको लागी ७२ वटा कोटा प्राप्त भएकोमा हाल सम्म पनि सुचना आह्वान नगरेको हुदा चालु आर्थिक वर्षमा नै तोकिएको लक्ष्य पाउने गरी प्रगति हुनेमा शंका उत्पन्न भएको यहाँका विद्यालयका प्रधानध्यापकहरुले गुनासो गरेका छन् ।