logo
२०८१ मंसिर ८ शनिवार



गोल्फुटार वरपर पूर्वाधारमा लगानी

खुला |





गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । राजधानी काठमाडौँको गोल्फुटारबाट हेपाली हाइट हुँदै टोखासम्मको सडक आठ मिटर फराकिलो गर्ने गरी विस्तार हुँदै छ । त्यसका लागि १७ करोड रुपियाँ लागत लाग्ने जनाइएको छ । हात्तीगौँडाबाट टोखा छिचोल्ने सडक पनि १४ करोड रुपियाँ लागतमा निर्माण
सुरु हुँदै छ ।
बूढानीलकण्ठ–७ का वडाध्यक्ष वसुनारायण महर्जनका अनुसार बडादशैँलगत्तै निर्माण कार्य सुरु हुने छ । बूढानीलकण्ठ–७, खड्का गाउँमा बूढानीलकण्ठसम्मको निकास खोल्ने क्रममा चार किलोमिटर सडकलाई २० फिट चौडा गरिएको छ ।
हेपाली हाइट क्षेत्रमा पनि व्यापक रूपमा भौतिक विकास निर्माण कार्य भइरहेको छ । नगरपालिका र सडक विभागको समन्वयमा न्युरो अस्पतालबाट भेटघाट चोक हुँदै वसुन्धरा आवागमन हुने सडक पाँच करोड ८० लाख रुपियाँको लागतमा निर्माण सुधार एवं कालोपत्रे गर्ने कार्य थालिएको छ ।
वडाध्यक्ष महर्जनका अनुसार धनगाउँमा १४ लाख रुपियाँको लागतमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न भएको छ । हेपाली हाइटमा आवागमन सुविधाका लागि १० लाख रुपियाँको लागतमा आकस्मिक पुल निर्माण
गरिएको छ ।
यहाँ प्रायः रिटेनिङ वाल बनाउने कार्य जोडतोडका साथ भइरहेको छ । पान्चोक, टुसालदेवी मार्ग रिटेनिङ वाल लगाउने कार्य सकिएको छ । वडा नं. ७ र ६ बीचको आवागमन सहज बनाउन खड्का गाउँमा पनि रिटेनिङ वाल लगाउने कार्य भएको छ । यहाँ २० लाख रुपियाँको लागतमा निर्माण कार्य भएको वडाध्यक्ष महर्जन बताउनुहुन्छ । उहाँका अनुसार मेलम्ची ओरालो भनिने हेपाली हाइटमा पनि बाटो ढलान गर्ने कार्य सम्पन्न भइसकेको छ । युनीटोलमा कतै ढलान र आवश्यकताअनुसार कतै कालोपत्र गरिएको छ । यहाँ सात आना पर्ती जग्गामा
उद्यान बनाउने योजना वडा कार्यालयको छ ।
खड्का गाउँबाट बूढानीलकण्ठसम्मको निकास खोल्ने चार किलोमिटर बाटोलाई २० फिट चौडा गर्दै लगिएको छ । यो बाटो ९० लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ ।
धनगाउँ टुसालदेवी युनीटोल रमणीय भएको स्थानीय राजकुमार खड्का बताउनुहुन्छ । न्युरो अस्पताल आउनेलाई सहज आवागमन होस् भन्ने चाहना वडा कार्यालयले राखेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?