logo
२०८१ मंसिर ८ शनिवार



अतिविपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण

खुला |


अतिविपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण


जनार्जन खत्री
सर्लाही, असोज ५ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगरमा ७२ अतिविपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको छ ।

गाउँपालिकाको ७ वटै वडाबाट अतिविपन्न र दलित परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो ।

दाउराको खपत कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले परीक्षण स्वरुप पहिलो चरणमा ७२ परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको गाउँपालिका कार्यायलले जनाएको छ ।

प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा नाढीमन तालस्थित सभा हलमा एक कार्यक्रमको आयोजना गरी अतिविपन्न र दलित परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको हो ।

ती परिवारलाई मात्रै चुल्हो दिँदा अन्य व्यक्तिले व्यापक गुनासो गरेकाले अहिले वितरण गरिएको चुल्होको सही सदुपयोग भए आगामी दिनमा अरुलाई पनि चुल्हो वितरण गरिने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

उहाँले चुल्हो पाएका परिवारलाई थन्काएर नराखी प्राविधिकको सल्लाह अनुसार नियमित प्रयोग गर्न आग्रह गर्नुभयो ।

विज्ञले सुधारिएको चुल्हो नियमित प्रयोग गरे दाउरा कम लाग्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?