logo
२०८१ मंसिर ८ शनिवार



प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घाेषणा

खुला |


प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घाेषणा


गोरखापत्र समाचारदाता काठमाडौँ, असोज ५ गते । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्ने पत्रकारिता पुरस्कारका लागि नाम छनोट गरेको छ । गोरखापत्र दैनिकका करुण अर्याल र दि राइजिङ नेपालका मञ्जिमा ढकालले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार, गोविन्दबहादुर थापालाई एक लाख ५१ हजार रुपियाँ राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, डा.सुरेश आचार्यलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुिरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि एक लाख पाँच हजार रुपियाँ राशिको छ । यस्तै, बाँकेको दैनिक नेपालगञ्जलाई ५० हजार रुपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, मो.हसन मियाँलाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, अन्तर्बोध साहित्यिक त्रैमासिकका सम्पादक÷प्रकाशक होमशंकर बास्तोलालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी, नौं जनालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । जसअनुसार, नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सीतारामप्रसाद बर्मा कट्टेल, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी हुनुहुन्छ । यस्तै, जनही १५ हजार रुपियाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १० जनालाई प्रदान गरिने भएको छ । जसअनुसार, मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, विधान श्रेष्ठ, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु (गायत्री) मिश्र हुनुहुन्छ । यसैगरी, २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई एवं १० हजार रुपियाँ राशिको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुुरस्कार विपुल पाण्डेलाई प्रदान गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?