logo
२०८१ मंसिर ८ शनिवार



ट्राफिक व्यवस्थापन गर्न पाँच सय युवा परिचालित

खुला |


ट्राफिक व्यवस्थापन गर्न  पाँच सय युवा परिचालित


गोरखापत्र समाचारदाता काठमाडौँ, असोज ६ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न पाँच सय युवा स्वयंसेवक परिचालन गरिएको छ । आइतबारदेखि उपत्यकामा ट्राफिक स्वयंसेवक परिचालन गरिएको हो । राष्ट्रिय युवा परिषद्, महानगरीय ट्राफिक प्रहरी र संयुक्त राष्ट्रसङ्घको स्वयंसेवा परियोजनाद्वारा संयुक्त रूपमा स्वयंसेवक परिचालन गरिएको हो । गृहमन्त्री रामबहादुर थापाले कुनै पनि राष्ट्रको विकास र समृद्धि युवाको सहभागिताबिना सम्भव नरहेको बताउनुभएको छ । उहाँले सबैभन्दा सिर्जनात्मक शक्ति युवा भएको स्पष्ट पार्दै भन्नुभयो, “संसार बदल्ने युवा नै हुन् ।” उहाँले यातायात व्यवस्थापनमा युवाले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा तीव्र गतिमा सहरीकरण हुँदै गएको र जनघनत्व वृद्धि हुँदा ट्राफिक व्यवस्थापन गर्न अप्ठेरो भएको बताउनुभयो । ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभएर यसमा सबैको भूमिका उत्तिकै महìवपूर्ण हुने प्रस्ट्याउँदै मन्त्री थापाले भन्नुभयो, “विकासमा नागरिकको पनि भूमिका र सहभागिता हुनुपर्छ ।” ट्राफिक स्वयंसेवा परिचालनमा नागरिक सचेतनाको पक्ष जोड्न पनि उहाँले सचेत गराउनुभयो । दुर्घटना न्यूनीकरणसँग यो अभियान जोडिएको स्पष्ट गर्दै उहाँले विभिन्न नगरपालिकासँग समन्वय गरेर ट्राफिक व्यवस्थापन गर्ने तयारी भइरहेको पनि जानकारी गराउनुभयो । उहाँले आउँदै गरेको पर्यटन वर्षको सफलता पनि ट्राफिक व्यवस्थापनसँग जोडिनेसमेत बताउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक र सडक संरचनाका लागि पूर्वाधार चाहिएको स्पष्ट पार्नुभयो । उहाँले उपत्यकामा ट्राफिक बत्ती राख्न अति जरुरी भइसकेको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले दशैंँको मौका पारी यात्रुलाई ठग्ने, जबर्जस्ती रूपमा कोच्ने लगायतका काम हुनसक्ने भन्दै यस्ता पक्षमा पनि सजग भएर काम गर्न स्वयंसेवीलाई सचेत गराउनुभयो । उहाँले युवामा सुशासन र स्वयंसेवी भावनाको प्रवद्र्धन गर्न स्वयंसेवी परिचालन गरिएको प्रस्ट्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?