logo
२०८१ मंसिर ८ शनिवार



नवलपरासीमा कार तथा बस दुर्घटनामा छ को मृत्यु २० घाइते

खुला |


नवलपरासीमा कार तथा बस दुर्घटनामा छ को मृत्यु २० घाइते



होमराज रानाभाट
नवलपरासी असोज ७ गते । पूर्बी नवलपरासमिा गएराती र आज बिहानै भएका तीन छुट्टाछुट्टै दुर्घटना मा ६ जनाको ज्यान गएको छ भने २० बढि घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको नवलपुरमा भएका दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगको हो भने २० जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।
गएराती करीव १० वजे समयमा कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार पाचै जनाको ज्यान गएको हो ।
ज्यान गुमाउने देबचुली नगरपालिकाका डिलबहादुर ढेंगा,तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्वरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्वरको कार कावासोती ८ स्थित खरकट्टा जंगल क्षेत्रमा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
त्यस्तै गएर ाती नै दाङबाट काडमाण्डौ जाँदै गरेको ना.७ ख.८६४२ बस अरूणखोलामा दुर्घटना हुदा मकवानपुर हेटौडा घर बताउने वस चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भएको छ भने घाईते १५ जना यात्रुको बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । वस आफै अनियत्रित भई दुर्घटना भएको बताईएको छ ।
यसैगरी आज बिहानै चोरमारामा ना ४ ख ९५१० नम्वरको सुर्खेतवाट बिरगंजका लागी गुडेको वस अनियन्त्रित भई पल्टदा बसमा सवार ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको बिभिन्न अस्पतालमा उपचारका लागी पठाईएको प्रहरीले जनाएको छ ।
होमराज रानाभाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?