logo
२०८१ मंसिर ८ शनिवार

  काभ्रेका ग्रामीण सडक 



मोटर तान्न डोरी र बाटो खन्न साबेलसँगै हुनु पर्छ

खुला |


मोटर तान्न डोरी र बाटो खन्न साबेलसँगै हुनु पर्छ



मधुसुधन तिमल्सिना

कोशीपारि, काभ्रे सोज ८ गते । काभ्रेपञ्चोकको कोशीपारिमा सडक राम्रो नभए कै कारण अकालमा धेरैको मृत्यु भइसकेको छ । केही बर्ष अगाडि बिर्ता देउरालीमा भएको दुर्घटनामा २७ जनाको मृत्यु भयो भने दर्जन बढी घाईते भए । अहिले पनि दैनिक दुर्घटनाका घट्ना साना ठूला भइरहेका छन । तर सडकको अवस्था भने उस्तै छ ।
काभे्रपलाञ्चोकको चौँरी देउराली, भुम्लु गाउँपालिका, रामेछापको दोरम्बा गाउँपालिका, सिन्धुपलाञ्चोक र दोलखा जिल्लाका केही भागका स्थानीयले दैनिक यात्रा गर्ने दोलालघाट­कोलाती­ढाँडखर्क­रामेछाप गुँरासे सडकमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । राजनीतिक पार्टी पिच्छेका खनिएका सडक स्तोरोन्नती हुन नसक्दा यहाँका स्थानीयले २६ बर्षदेखि उहि नियत भोग्दै आएको गुनासो गरे ।
दोलालघाटबाट कोशीपारी जान तीन वटा सडक खनिएका छन् तर कुनै पनि १२ महिना चल्दैनन । प्राविधिक रेखदेख बिना खनिएका सडकका कारण पनि जोखिम बढेको स्थानीयको भनाई छ । रामेछापको दोरम्बा गाउँपालिका वडा न ४ टेक्सिङबाट बिरामी श्रीमती लिएर धुलिखेल अस्पताल आउँदै गरेका औतार लामा चौँरीदेउराली गाउँपालिका वडा न ४ धुसेनी शिवालयको कुर्थलीमा एम्बुलेन्स फसेपछि निकाल्ने प्रयासमा हुनुहुन्थ्यो । सोमबार दिउँसो १ः३० बजे भेटिनुभएको उहाँ छिटो बिरामी अस्पताल पु¥याउन चाहेपनि सडक कै कारण ढिलो हुँदा चिन्तित हुनुहुन्थ्यो । अलि राम्रो र छिटो पुगिन्छ भनेर आएको सडकको हालत नै यस्तो छ, उहाँले बिारमीलाई समय मै अस्पताल पु¥याउन नसक्दाको पीडा सुनाउँदै भन्नुभयो­ यस्तै अवस्था हो भने त अस्पताल कुन बेला पो पुग्ने हो । सडक बनेको २६ वर्ष भएको तर अहिलेसम्म यहाँका स्थानीयले उही नियती भोग्नुपरेको उहाँले गुनासो गर्नुभयो । गाउँमा विकास आएको सुनिन्छ तर कहाँ गयो हामीलाई थाहा हुँदैन ।
उक्त एम्बुलेन्सका चालक मेघनाथ ढुङ्गेलले बिरामीसँगै अन्य चार÷पाँच जना एम्बुलेन्समा राखेर हिड्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । कति दिन त सडक मै सुतेको छु । काठमाडौंबाट अर्काे एम्बुलेन्स बोलाएर बिरामी पठाउने गरिएको उहाँले बताउनुभयो ।
सबै भन्दा समस्या गर्भवती महिला, बृद्धबृद्धा, दुर्घटना लगायतका बढी मारमा पर्ने गरेको उहाँले बताउनुभयो । कोशीपारि जाने हरेक एम्बुलेन्स, गाडी, ट्रकले पिक, सावेल, गल, कोदालो बोकेर जाने गरेको छन । सिंहदरबार गाउँगाउँमा आएको नेताले बताएपखनि त्यस अनुसारको अनुभूती गर्न नपाएको स्थानीय बासीको भनाई छ ।
हिउँदमा पाँच घण्टामा आइपुग्ने बस अहिले १२ घण्टामा पनि आउन नसक्ने स्थानीय जगतबहादुर दोङले बताउनुभयो । बसलाई डोरीले तानेर, घचेटेर बल्ल बल्ल गाउँ ल्याउनुपर्छ । बसमा नै स्थानीयको खाद्यन्न सामग्री यात्रुवाहक बसले बोग्दा झनै जोखिम बढेको दोङले बताउनुभयो । जताजतै हिलैहिलो, ठूलठूला खाल्डा, नालीको व्यवस्थापन नहुँदा सडक मै छोडिएको पानीले पनि सडकमा जोखिम बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?