logo
२०८१ मंसिर ८ शनिवार



अस्पतालमा सर्पले टोकेका बिरामीको घुइँचो

खुला |


अस्पतालमा सर्पले टोकेका बिरामीको घुइँचो


मनोज तिमलसिना

रौतहट, असोज १० गते । जिल्लाको उत्तरी भेगमा सर्पको टोकाईबाट स्वास्थ्य संस्थामा उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको छ ।

गत बैशाख महिनादेखि असोजको दोश्रो सातासम्म चन्द्रनिगाहपुर अस्पतालसम्म सर्पको टोकाइको उपचार गराउन आउनेको संख्यामा कमि आउन नसक्दा यो संख्या बढेको हो ।

जिल्लाको उत्तरी भेगको एकमात्र सरकारी अस्पताल चन्द्रनिगापुर अस्पतालमा अहिले दैनिकरुपमा आठदेखि १० जनासम्म सर्पको टोकाईबाट उपचार गराउन यस क्षेत्रका विरामी आउने गरेको चन्द्रनिगाहपुर अस्पताल प्रसासनले जनाएको छ ।

बैशाख–जेठमा गर्मिका कारण सर्प बढि देखिने हो । तर मौसममा भएको प्रतिकुलताका कारण असोज महिनासम्म सर्पले टोकका विरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । जंगल जाँदा र घर तथा खेतबारीमा काम गर्न जाँदा सर्पले डसेपछि यहाँको सरकारी अस्पतालमा उपचार गराउन आउनेको भिड लाग्ने गरेको छ ।

गत बिहिबारमात्रै १० जनालाई सर्पले टोकका विरामीको उपचार गराईको चन्द्रनिगाहपुर अस्पतालका मेडिकल अधिकृत अभिषेक श्रीवास्तवले बताउनुभयो ।

अस्पतालमा सर्पले टोकेका विरामीको चाप बढेसँगै विरामीलाई सहयोग गर्न जाने कुरुवालाई बस्ने र आराम गर्ने ठाउँसमेतको अभावमा कोचाकोच हुने गरेको छ । बिरामी भन्दा पनि कुरुवालाई बस्ने ठाउँको समस्या देखिएको सर्पको टोकाईबाट उपचाररत चन्द्रनिगाहपुर वडानम्वर चारका प्रदिप तिमलसिनाले बताउनुभयो । उहाँलाई बिहिबार बिहान घर नजिकैको जंगलमा च्याउ लिन जाँदा विषालु हरेउ सर्पले टोकपछि उहाँ उपचार गर्न यहाँ आउनुभएको हो । उहाँसंगै गुजरा, बृन्दावन, गढिमाई र चन्द्रपुर नगरका विभिन्न वडाका ८ जना सर्पले टोकेका बिरामीको उपचार गरिएको छ ।

बढिजसो सर्पले टोक्ने बिरामीहरु खेतवारीमा काम गर्ने,घाँसदाउरा गर्ने र ग्रामिण भेगका काठ तथा दाउरामा काम गर्नेलाई सर्पले टोक्ने गरेको पाईएको चिकित्सक श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार, सबै बिरामी शंकाको आधारमा सर्पले टोकेर आएको भन्ने गरेपनि निश्चित समयको निगरानी पछि संकेत र लक्षणका आधारमा मात्र औषधी चलाउने र नचालउन भन्ने निर्धारण हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?