गोरखापत्र अनलाइन
काठमाडौं, असोज ११ गते । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको ८२ वर्षको उमेरमा हिजो बेलुका ८ बजे निधन भएको छ ।
क्यान्सरको लास्ट स्टेजमा रहनुभएका उपाध्याय वि.सं. २०५६ पुस २ गतेदेखि ०५९ मंसिर १९ सम्म प्रधानन्यायाधीश रहनुभएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल लागू गरी चुनावको घोषणा गर्दा संकटकालमा पनि चुनाव हुनसक्छ भनेर फैसला गर्नुभएको थियो ।
उहाँ दरवार हत्याकाण्डको छानबिन समिति संयोजक समेत रहनुभएको थियो । उपाध्याय उहाँ वि.सं. २०१७ सालमा गोरखापत्रमा सहायक सम्पादक हुनुहुन्थ्यो ।
उहाँले गोरखापत्रमा प्रुफ रिडरबाट आफ्नो काम थालनी गर्नुभएको थियो । उहाँलाई वि.सं.२०७१ सालमा गोरखापत्रले सम्मान गरेको थियो ।
केही दिनदेखि घरमै रहुनभएका उपाध्याय आवातजावत गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।
उहाँलाई भर्खरै मात्र क्यान्सर भएको पत्ता लागेको थियो । पारिवारिक सदस्य एवं अधिवक्ता जीवन उपाध्यायका अनुसार उहाँलाई विहान ११ बजे अन्त्येष्टि गरिएको छ ।