logo
२०८१ मंसिर ८ शनिवार



बारामा विशेष सुरक्षा योजना लागू

खुला |


बारामा विशेष सुरक्षा योजना लागू


कलैया समाचारदाता ।
बारा, असोज १३ गते । हिन्दुहरुको महान चाडपर्वलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा सोमवार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक विकासराज खनालले एक पटकमा चार सय ७६ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी गराउनुभयो ।

बैंक, वित्तीय संस्था, राजमार्गलगायतका ठाउँमा सम्भावित हुनसक्ने लुटपाट तथा वादविवादलाई मध्यनजर गर्दै ती स्थानहरुमा प्रहरीको साथै सादा पोशाकमा प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

राजमार्ग तथा ग्रामिण भेगको बाटोमा चेकजाँच बढाइने, क्षमता भन्दा बढी यात्री ओसार पसारगर्ने र बढी भाडा असुलगर्ने सवारी साधनलाई समेत कारवाही गरिने सुरक्षा योजनामा समेटिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाल भारतबाट हुने तस्करीलाई नियन्त्रण गर्ने, चाडवाडको समयमा हुने मेला, महोत्सव, खेलकूद जस्ता कार्यक्रममा आवश्यक जनशक्ति परिचालन गरी झै–झगडा तथा कुटपिट र आपराधिक कार्य हुनबाट रोक्ने, नागरिकको सुरक्षाको लागि राजमार्गमा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न चेकिङ्गको व्यवस्था गरिएको छ ।

बाटोमा अलपत्र परेका यात्रीहरुको समस्या समाधान गर्न यात्री सहायता कक्षको व्यवस्थासँगै शहरी तथा ग्रामिण ईलाकामा हुनसक्ने अपराधिक घटना तथा घरेलु मदिरा उत्पादन, विक्री वितरण, सेवन र जुवातास जस्तो गैर कानूनी कार्यलाई रोकिने उहाँले बताउनुभयो ।

कलैया, निजगढ, जितपुर, सिमरालगायत सात ठाउँमा प्रहरी हेल्पडेस्क राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?