logo
२०८१ मंसिर ८ शनिवार



ब्यक्तिगत लगानीमा सडकका खाल्डा पुरियो

खुला |


ब्यक्तिगत लगानीमा सडकका खाल्डा पुरियो


कमल शर्मा
दैलेख, असोज १५ गते । सडकमा खाल्डाखुल्डीले दसैंका यात्रुहरुलाई सास्ती भएपछि दैलेखका एक ब्यापारीले खाल्डाखुल्डी आफ्नै डोजर लगाएर पुर्नुभएको छ ।

नारायण नगरपालिका वडा नम्बर ८ मालपोत कार्यालय दैलेखबाट वडा नं १ जिल्ला प्रहरी कार्यालयसम्म सडक डिभिजन कार्यालय दैलेख मातहत पर्ने उक्त सडकका खाल्डाखुल्डी जिल्लामा रहेको आरबी कन्स्ट्रक्सन दैलेखका संचालक रुपक थापाले आफ्नै डोजर लगाएर पुर्नुभएको हो ।

नगरकै मध्यभागमा सडकको अवस्था दयनीय हँुदा समेत नारायण नगरपालिका मूकदर्शक बनेर हेरेको भन्दै आफूले उक्त खाल्डा पुरेर सामाजिक कार्य गरेको ब्यवसायी थापा बताउनुहुन्छ ।

उहाँले नगरपालिका भित्रको सडक खाल्डाखुल्डी परेर यात्रुहरुलाई सहज भएको छ ।

यसैबीच, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले नगरपालिकाले सडक विभागसँग समन्वय गरेर खाल्डा पुर्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले ब्यवसायी रुपक थापाले सडकको खाल्डा पुर्न सहयोग गरेकोमा धन्यबादसमेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?