logo
२०८१ बैशाख २० बिहीवार



महराद्वारा दुव्र्यवहार नभएको प्रहरीमा लिखित निवेदन   

खुला |
फिचर |


महराद्वारा दुव्र्यवहार नभएको प्रहरीमा लिखित निवेदन   


    काठमाडौँ, असोज १५गते ।   सभामुख पदबाट राजिनामा दिनुभएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् ।    
    
 तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आज साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् । उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”    
    
 पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?