logo
२०८१ मंसिर ८ शनिवार



राजधानीमा उच्चस्तरीय सुरक्षा व्यवस्था

खुला |




गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १६ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका लागि सरकारले उच्च स्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।
राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षा व्यवस्था सेनाले लिएको जानकारी दिइएको छ ।
राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणको औपचारिक मिति नतोकिए पनि काठमाडौंँ उपत्यकामा उच्च स्तरीय सुरक्षा सतकर्ता अपनाइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
राज्यका चारवटै सुरक्षा निकायले राष्ट्रपति सीको भ्रमण सम्पन्न नभएसम्मका लागि दशँै तथा घर बिदा लिन सुरक्षा र सम्बद्ध अधिकारीलाई रोक लगाएको छ । ठूलो सङ्ख्यामा सादा पोसाकको प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
त्यस्तैँ, राष्ट्रपति सीको सम्मान तथा सवारी सुरक्षाका लागि सैनिक हेलिकोप्टरले गस्ती गर्ने छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले उच्च स्तरीय भ्रमणलाई सफल पार्न आवश्यक सुरक्षा तयारी भइरहेको बताउनुभयो ।
राष्ट्रपति सीको भ्रमणको औपचारिक मिति दुवै देशको कूटनीतिक तहबाट चाँडै सार्वजनिक हुने छ । प्रहरी प्रवक्ता पोखरेलले सुरक्षा व्यवस्था लगायतको तयारीसँगै मिति तयार हुनेछ ।
परीक्षण उडान
यसैबीच, राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी तथा परीक्षण उडानका क्रममा एयर चाइनाको बोइङ जहाज बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डका अनुसार, एयर चाइनाको बोइङ जहाज विमानस्थलमा अवतर गर्ने क्रममा बुधबार दिउँसो केही उडानहरू छोटो समयका लागि रोकिएका थिए ।
यो भीभीआईपी डेमोन्स्ट्रेसन फ्लाइट हो । विमानस्थल सुरक्षागार्डका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार, चिनियाँ अधिकारी, विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँगको छलफलपछि विमान फर्किएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?