प्रतीक इच्छुक शर्मा
सल्यान,असोज १७ गते । बालविवाह गरेको अभियोगमा दुलहा दुलही र बिवाह गराउने पन्डित सहित सात जना पक्राउ परेका छन् । सिद्ध कुमाख गाउँपालिका ४ स्थित लोकबहादुर बोहराको घरमा बाल बिबाह भैराखेको छ भन्ने सूचनाको आधारमा बोहराका छोरा १९ वर्षका दुलहा र १९ वर्षकै दुलही सहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ पर्नेमा दुलहाका आमाबुबा, दुलहीका आमाबुबा र विवाह गराउने पण्डित नवीन आचार्य पनि रहेका छन् । उनिहरुलाई बिहीबार दुलहाको घरबाट विवाह गर्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँ
का अनुसार विवाह गर्न लागेको भनेर आएको गोप्य सूचनाको आधारमा उनिहरूलाई पक्राउ गरिएको हो । तिनिहरूलाई अहिले जिल्ला प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको खतिवडाको भनाईछ ।
यसअघि खैरावांङ मन्दिरमा हुन लागेको बालविवाह पनि प्रहरीले रोकेको थियो । शारदा नगरपालिकाकै पिपलनेटामा पनि एक जोडी बालविवाहको फन्दामा परेका थिए ।
बालविवाह गराउनेलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपियाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । बालविवाह कसुरमा दोषि देखिए तीन वर्ष कैद र ३० हजार जरिवानाको कानुनी व्यवस्था छ ।