logo
२०८१ मंसिर ८ शनिवार



पूर्व सभामुख महरालाई पक्राउ गर्न अदालतले दियो आदेश

खुला |


पूर्व सभामुख महरालाई पक्राउ गर्न अदालतले दियो आदेश


गोरखपत्र अनलाइन
काठमाडौं, असोज १९ गते । काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृणबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको छ ।
संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयास भएको भन्दै शुक्रबार प्रहरीमा उजुरी परे पछि महरालाई प्रक्राउ गर्न प्रहरीले जिल्ला अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालत काठमार्डौका रजिष्टार आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो ।
अदालतले आदेश दिए पनि महराको संसद सदस्यता कायम रहेकाले पक्राउ गर्न संसदले उहाँलाई निलम्बन गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
कुनै अपराध अनुसन्धनका लागि पक्राउ गर्न तथा कल डिटेल लिन अदालतको अनुमति आवश्यक पर्ने भएकाले अदालते समान्य प्रक्रिया अनुसार नै सो अनुमति दिएको हो । सोही प्रयोजनका लागि दशैंको विदाका बेला पनि जिल्ला अदालत १० देखि ५ बजे सम्म खुला राखिएको र दैनिक २० देखि २५वटा सम्म मुद्दा आउने गर्ने आउँने गरको रष्ट्रिार श्रेष्ठले बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?