logo
२०८१ मंसिर ९ आईतवार



कपडा बैंकमा लिनेको भीड, कपडाको अभाव

खुला |


कपडा बैंकमा लिनेको भीड, कपडाको अभाव



अमरराज नहर्की
तनहुँ, असोज २३ गते । तनहुँको सदरमुकाम दमौलीमा सञ्चालन गरिएको लायन्स कपडा बैंकमा कपडाको अभाव भएको छ । कपडा लिनेहरूको भीड बढेकाले कपडा अभाव हुन पुगेको कपडा बैंकको सञ्चालक लायन्स क्लब अफ तनहुँ, दमौलीले जनाएको छ ।
गरीव परिवारजनलाई मद्धत पु¥याउने उद्धेश्यले यही असोज १२ गतेबाट कपडा बैंक स्थापना गरिएको थियो । चाडपर्वको समय भएकाले होला दिनहुँ भीड लागेको छ , क्लबकी कर्मचारी करुणा थापा मगरले भन्नुभयो, दैनिक ५० जना देखि ८५ जना कपडा लिनको लागि आउने गरेका छन् ।’ कपडा लिनेको भीड बढ्दै गएकोले एक जनालाई एक जोर कपडा मात्रै दिने गरिएको छ । कपडा बैंकको लागि करीव एक सय जनाले कपडा दिएका छन् ।
निशुल्क प्राप्त भएका कपडा कतिपय नयाँ हुने र पुराना पनि लाउन योग्य नै भएको कर्मचारी करुणाले जानकारी दिनुभयो । गरीव परिवारजनले रकम अभावले कपडा किन्न नसक्ने अवस्था सृजना हुने भएकोले उनिहरुलाई मद्धत पु¥याउन कपडा बैंक स्थापना गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिनुभयो । ‘हुनेले दान दिनुहोस् र नहुनेले ढुक्कका साथ लैजानुहोस् भन्ने नाराका साथ स्थापना गरिएको कपडा बैंक तनहुँमा पहिलो पटक स्थापना गरिएको क्लबले जनाएको छ ।
सामाजिक भावानाले कपडा बैंक स्थापना गरिएकोले जिल्ला समन्वय समिति तनहुँले निःशुल्क रुपमा कपडा बैंक सञ्चालन गर्ने स्थान उपलब्ध गराएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । लाउन हुने खालको कपडा मात्रै क्लबले राखेको छ । क्बललाई सहयोग प्राप्त नयाँ तथा लाउन हुने कपडा न्यून स्तरका आय आर्जन भएका परिवारजनलाई वितरण गर्ने उद्धेश्य क्लबको रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?