मेलम्ची, असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताउनुभयोे ।
पाँच जनाकोे सनाखत
प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुग्नु भएको छ । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नु भएका उहाँले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो । उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।
। छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।
घाइतेको नामावली
सुनिता तामाङ
आरती दुलाल
माकुरी कुँवर
चमेली कुँवर
तुलसा दंगाल
रोमन सुवाल
रोहन सुवाल
राकीसिकी सुवाल
विक्रम थापा
मदन वि.क
विरबहादुर तामाङ
कृष्णकुमारी भट्टराई
जनकबाहादुर राना
ईन्दमणि नेपाल
मन्दिरा कुँवर
प्रभा राई
शर्मीला भटराई
रुपा भटराई
हेमराज घिमिरे
रत्न बा.श्रेष्ठ
मदन वि.क
भतm बा.पुर्कुटी
बाटुली रम्तेल
रमा रोक्का
रोमन थापा मगर
राजकुमार बिशुखे
देबमाया रम्तेल
रत्न बाहादुर श्रेष्ठ
आर्यन श्रेष्ठ
रमानन्द प्र.गुप्ता
मर्जु रम्तेल
सुष्मा विशुखे
रेशम बाहादुर सापकोटा
राम कुमार थापा
दीपु श्रेष्ठ
विनिता पुर्कुटी
राम ब. रम्तेल
रवी रोक्का
विमल मगर
बेलकुमारी पुर्कुटी
ईश्वर तामाङ
सविता दंगाल
सुभास अधिकारी
मीना मगर