मधुसुधन तिमल्सिना
काभ्रे, असोज २४ गते । महाभारत गाउँपालिकाको वडा नं. २ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नम्बरको मिनीट्रक शुक्रबार साँझ ५ः३० बजे रोसी गाउँपालिका वडा नं. ३ साँझाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जनको घटनास्थल मै र अर्का एक जनाको बाटो ल्याउँदै गर्दा मृत्यु भएको छ ।
घाईतेहरूको बनेपा शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिनुभयो । अधिकांश यात्रु दशैँ मनाएर फर्किरहेका थिए । कच्ची सडक, बढी भार र तीव्रगतीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बताउनुभयो । करिब ३५ जना सवार उक्त ट्रकमा सामान्य घाईतेहरुको शिरखआम्बोटे स्वास्थ्य चौकीमा र गम्भीर घाईतेहरुको बनेपामा उपचार भइरहेको गिरीले जानकारी दिनुभयो । एक जना मृतकको पहिचान नभएको र घाइतेहरुको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ
याे पनि पढ्नुहाेस्