logo
२०८१ मंसिर ९ आईतवार



‘स्वागत छ महामहिम’

खुला |


‘स्वागत छ महामहिम’
प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्टपति सीलार्इ स्वागत गर्दै तस्बीर शेखर चाैलागार्इ


नारद गौतम

काठमाडौं, असोज २५ गते । विशिष्ट अतिथिको स्वागतका लागि बबरमहलमा भेटिनुभएका राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणले छिमेकी राष्ट्रका राष्ट्रपतिको नजिकैबाट स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कतिपयले अतिथिलाई भव्य स्वागत गर्ने नेपालीको परम्परा भएको बताउनुभयो भने कतिले नेपालमा गएको भूकम्प र त्यसपछि नेपालले भोग्नु परेको नाकाबन्दीको बेला चीनले पु¥याएको सहयोग सम्झेर स्वागत गर्न आएको जानकारी दिनुभयो ।

राष्ट्रपतिको सवारी हुँदा ‘स्वागत छ महामहिम’ र ‘राष्ट्रपतिज्यू स्वागत छ’ भनेर लाममा बसेकाहरूबाट चर्को आवाज आएको सुनिएको थियो । साथै सहभागीले नेपाल र चीनका झण्डा फहराएर पाहुनाको भव्य स्वागत गरेका थिए ।

सरकारी सेवामा संलग्न भएको ३७ वर्षमा पहिलो पटक चीनका राष्ट्रपतिको स्वागतमा आफू आएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी शंकर खनालले दिनुभयो ।
यसअघि कुनै पनि देशको सरकार प्रमुख तथा राष्ट्रप्रमुखको विशेष आफूले नजिकबाटै देख्न नपाएको र यस पटक आफ्नै आँखाले विशिष्टि अतिथिहरूको सवारी हेर्न र स्वागत गर्न पाएकोमा निकै आनन्द लागेको अनुभव शहरी विकास मन्त्रालयका चक्रवर्ति कण्ठको छ ।

‘चीन र नेपालबीचको सम्बन्ध अझ राम्रो होस् भनेर स्वागत गर्न झण्डै तीन घण्टादेखि लाममा लागेको अनुभव सुनाउनु हुँदै नेपाल गुणस्तर तथा नाप तौल विभागका कर्मचारी प्रमोदा प्रधानको भनाइ छ ।
लोकसेवा आयोगका कर्मचारी प्रेम संैजु भन्नुहुन्छ, ‘‘यसअघि यसरी विशिष्ट अथितिको स्वागत नजिकबाट कहिल्यै गर्न नपाएको र यस पटक सरकारले पनि स्वागतमा उपस्थित हुन निर्देशन दिएकाले आएको हुँ ।’’
बालुवाटारबाट बबरमहलमा भेटिनु भएका १० वर्षीय बालक विनम्र पाण्डेका हातमा नेपाल र चीनको झण्ड फहराइरेहका थिए । आमासँग त्यहाँ आउनु भएका पाण्डेले ‘राष्ट्रपति आउने भनेर यहाँ आएको हुँ, निकै रमाइलो पनि लागेको छ’ भनेर प्रतिक्रिया दिनुभयो । नैकापबाट आउनु भएका सदिक्स थापा पनि त्यहाँ झण्डा फहराएर बसिरहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?