logo
२०८० फाल्गुन १० बिहीवार



भुटानी शरणार्थी शिविरमा आगलागी, नाै घर जले

खुला |


भुटानी शरणार्थी शिविरमा आगलागी, नाै घर जले


विष्णुप्रसाद पोखरेल

बेलडाँगी दमक, असोज २६ गते । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आइतबार विहान १० बजे भिषण आगलागी भएको छ । आगलागीबाट नौघर (छाप्रा) जलेर पूर्ण रुपमा नष्ट भएको आगलागी स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक दलकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार एक वृद्ध शरणार्थी महिलाको घरबाट आगो सल्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करिब ६५ वर्षिया फुलमाया राईको घरबाट आगो सल्केको र उहाँ एक्लै छाप्रोमा बस्दै आउनुभएको थियो । सामान्य घाइते उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दमक, गौरादहलगायत क्षेत्रका दमकले १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
‘आगो ११ बजेर १५ मिनेटमा नियण्त्रणमा आएको छ र क्षतिको विवरण संकलन भइसकेको छैन’ राईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?