logo
२०८१ मंसिर ९ आईतवार



समाजवादी पार्टीको बैठक बस्दै

खुला |


समाजवादी पार्टीको बैठक बस्दै


काठमाडौं असोज २७ गते । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी समायोजन लगायतका विषयमा छलफल हुने प्रचार प्रसारका उपप्रमुख विश्वदीप पाण्डेले बताउँनुभयो ।

तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको एकीकरणपछि पार्टीभित्र समायोजनको काम शुरु भएको छ । त्यसको समिक्षा गर्नुको साथै समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुने उाहँले बताउनुभयो । साथै संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ । बैठक १ बजे बस्दैछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?