गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मन्त्रीपरिषद्ले अष्ट्रेलियामा दाहालसहित बंगलादेश, कतार र स्पेनका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको थियो ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवासले मंगलबार एक विज्ञप्ती जारी गरी दाहाललाई मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको उल्लेख गरेको छ ।